म्याग्दीमा शनिवार थप २४ जनामा कोरोना संक्रमण पुष्टी

  • ३० श्रावण २०७८, शनिबार
  • 634 पटक पढिएको

म्याग्दी ३० साउन । म्याग्दीमा शनिवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप बेनी नगरपालिकामा १२ जना, मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको जलजला गाउँपालिकामा १ जनामा पिसिआर बिधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि बेनी नगरपालिकामा ३ जना र मालिका गाँउपालिकामा २ जनामा एन्टिजेन बिधिबाट गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ३ हजार ३१ जना पुगेको छ । (पिसिआरबाट १९१९ जना र एन्टिजेनबाट १११२ )जनामा कोरोना पुष्टि भएको हो । हाल जिल्लामा ११९ जना सक्रिय संक्रमित हुनुहुन्छ । आज १९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ ।