कांग्रेस प्रदेश क्षेत्र ‘क’को कार्यालय बेनीमा स्थापना, कोषाध्यक्षमा केसी मनोनित

  • ११ पुष २०७८, आईतवार
  • 560 पटक पढिएको

म्याग्दी, ११ पुस । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को बेनीमा कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’ का सभापति ओमबहादुर छन्त्यालले सयुक्त रुपमा उद्घाटन गरेको हो ।

यसैगरी प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओम छन्त्यालको सभापतित्वमा शनिबार बसेको दोस्रो प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठकले नविन केसीलाई कोषाध्यक्षमा, खुमा सुवेदी पौडेल र पदबहादुर बानियाँलाई सदस्यमा मनोनित गरेको छ । मनोनित भएका कोषाध्यक्ष केसी सहित सदस्यहरुलाई जिल्ला सभापति र क्षेत्रीय सभपाति छन्त्यालले मनोनित पत्र वितरण गरेर सभापति गर्वुजालेेे पार्टी संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा पार्टीलाई बिजयी गराउन शाखा कार्याल्य स्थापनाले सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा ‘क’का सभापति छन्त्यालले पार्टी कार्यसमितिलाई सक्रिय बनाउँदै पार्टीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउने बताए । सभापति छन्त्यालको सभापतित्व ,क्षेत्रीय उपसभापति सुजन बरुवालको स्वागत र सचिव चक्रबहादुर केसीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला उपसभापति तथा बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ ,उपसभापति केबी भण्डारी ,सचिवद्धय हिराबहादुर पुन र भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन ,सहसचिवद्धय श्रीराम पौडेल र धु्रवराज कार्की लगायतको उपस्थिती रहेको थियो ।