ताजा अपडेट

कोरोना संक्रमणको कारण धवलागिरि गाउँपालिकाको सेवा एक साताको लागि बन्द

म्याग्दी १७ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाबाट प्रवाह हुने सेवा एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी संगै सर्वसाधारणमा समेत कोरोनाको संक्रमण बढेपछि माघ १७ गतेदेखि २३ गतेसम्म सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सोमबार एक बिज्ञप्ति जारी गरेर माघ १७... पुरा पढ्नुहोस

अन्नपुर्ण गाउँपालिकाको चौधौं गाउँसभाबाट साढे दुई करोड बजेट विनियोजन

म्याग्दी, १७ माघ । अन्नपुर्ण गाउँपालिकाको चौधौ गाउँसभाट थप २ करोठ ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँसभाबाट हरेक वडालाई १२ लाख दरले ९६ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुरणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, वडाबाट माग भई आएका नयाँ योजना बजेट अपुग... पुरा पढ्नुहोस

प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग

समिर रोका मगर । म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा १... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा विद्युतीकरण योजना अधुरै

म्याग्दी १७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने... पुरा पढ्नुहोस

भेडाबारीमा सुन्तला विक्रिबाट २१ लाख आम्दानी

  म्याग्दी, १७ माघ । म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर रु. २१ लाख आम्दानी गरेका छन् । २० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यसपाली रु. २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम... पुरा पढ्नुहोस

म्याग्दीका विद्यालय माघ मसान्तसम्म बन्द हुने

  म्याग्दी, १५ माघ । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका म्याग्दीका शैक्षिक संस्था आगामी माघ मसान्तसम्म बन्द गर्नेे निर्णय भएको छ । शनिबार भर्चुअलबाट बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन जारी गरेको हो । डिसिसिएमसीका संयोजक एवम् प्रजिअ... पुरा पढ्नुहोस

प्रहरी कार्यालयमा थुनुवा भेटघाट कक्ष र बैठक हल निर्माण

  म्याग्दी, १५ माघ । जिल्ल प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक हल निर्माण गरिएको छ । थुनुवा भेट्न आउनेलाई सहज रुपमा भेटघाट कक्ष र प्रहरीको विभिन्न बैठक लगायतको कार्यक्रमका लागि सहज गराउन नव–निर्मित बैठक कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले गर्नुभयो । हिरासतमा बसेकालाई भेट्न आउने आफन्तजन खुल्ला... पुरा पढ्नुहोस

प्रेस सेन्टर नेपालको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

म्याग्दी, १५ माघ । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो । संगठनका सचिब सन्दिप खत्रीलाई... पुरा पढ्नुहोस

म्याग्दीका ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बेनी, ११ माघ । म्याग्दीका ४६ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । बेनी अस्पतालका ४१ जना स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएको छ ।... पुरा पढ्नुहोस

म्याग्दी नदीमा सम्झौता भन्दा बढी उत्खनन्

म्याग्दी, ११ माघ । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौता भन्दा बढी उत्खनन् भएको छ । सम्झौता भन्दा बढी नदीजन्य बस्तुहरु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ । कानुनमा रहेको नदीजन्य बस्तु उत्खनन् सम्वन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन र बेनी नगरपालिकासंग भएको सम्झौता विपरित जुम्ली निर्माण... पुरा पढ्नुहोस