ताजा अपडेट

मंगलाको १२ औं गाउँसभा : थप बजेट विनियोजन र संस्था दर्ता बिधेयक पारित

  म्याग्दी, २१ माघ । मंगला गाउँपालिकाको १२ औं गाउँसभाबाट अर्धबार्षिक समिक्षासहित थप ३८ लाख बजेट विनियोजन गरेको छ । शुक्रबार बावियाचौरमा भएको गाउँसभाबाट माग भई आएका योजनाहरुमध्ये अतिआवश्यक १६ वटा योजनालाई सो बजेट विनियोजन गरिएको हो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा अर्धबार्षिक समिक्षा, बजेट संसोधन, निर्णयहरु... पुरा पढ्नुहोस

महिला भलिबल टोलीलाई सरकारको सम्मान

काठमाण्डौ २१ माघ । वंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ। च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो। प्रधानमन्त्री... पुरा पढ्नुहोस

पर्यटकीय रुइसेमा हिउँमा रमाउँदै आन्तरिक पर्यटक (तस्बिर)

म्याग्दी २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित पर्यटकीय स्थल रुइसेमा हिमपातपछिको हिउँमा रमाउनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् । रुइसे क्षेत्र अहिले हिमपातले सेताम्मे बनेको छ। नजिकका बस्तीबाट विहानैदेखि रुइसे क्षेत्रमा पुग्नेक्रम बढेको छ। गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको... पुरा पढ्नुहोस

हिउँले ढाकिएको बगर गाउँ (तस्वीर)

म्याग्दी २१ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा हिमपातले ढाकिएको गाउँ । गयरातीदेखि परेको भारी हिमपातले म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्र हिमपातले सेताम्मे बनेको छ । बगर चक्रिय धौलागिरि पदमार्गको अन्तिम मानव बस्ती समेत हो । तस्वीर : आस्मन पुर्जा मगर पुरा पढ्नुहोस

अन्नपूर्णका अध्यक्ष पुनद्वारा जनप्रतिनिधिको तलबवापतको रु २० लाख सामाजिक क्षेत्रमा

म्याग्दी २१ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम खर्चनुभएको हो । सेवा... पुरा पढ्नुहोस

म्याग्दीमा हिमपात, पर्यटकीय स्थलहरुमा घुम्न जानेको चहलपहल

म्याग्दी २१ माघ । म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गयराती अविरल बर्षासंगै चिसो बढेपछि हिमपात भएको हो । हिमपातले चिसो बढेपछि जनजिवन प्रभावित बनेपनि पर्यटकीय स्थलहरुमा भने घुम्न जानेको चहलपहल सुरु भएको छ । हिमाली क्षेत्रमा पटक पटक हिमपात हुने भएपनि पहाडी क्षेत्रसम्म नै... पुरा पढ्नुहोस

पर्वतको फलेबास नगरमा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

अगन्धर तिवारी पर्वत २० माघ । पर्वतको फलेबास नगरपालिकाले नगरभित्रका हरेक विदुर पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । मासिक एक हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिन थालेको हो । विशेष कार्यविधि बनाएर एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण थालिएको योजना अनुगमन अधिकृत देवीप्रसाद तिमिल्सिनाले बताए ।... पुरा पढ्नुहोस

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागलुङ २० माघ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको छ । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय... पुरा पढ्नुहोस

लोकगायक खत्री सक्रिय राजनीतिमा

बागलुङ २० माघ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन हुनुभएको छ । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताउनुभयो । “पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने... पुरा पढ्नुहोस

पश्चिम म्याग्दीका सात स्थानमा अझै सुरु भएन नदी नियन्त्रणको काम

म्याग्दी २० माघ । नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम... पुरा पढ्नुहोस