ताजा अपडेट

पूर्णगाउँको चिनारी गीतको म्युजिक भिडियो छायांकन

म्याग्दी २० चैत । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको चिनारी गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । कलाकारीता र साँगेतिक क्षेत्रबाट गाउँलाई देशविदेशमा चिनाउने उदेश्यले स्थानीयबासी समेत रहनुभएका कलाकार बाबुराम रसाईलीको नेतृत्वमा उक्त चिनारी गीतको म्युजिक भिडियो तयार गर्न लागिएको हो । बाबुराम रसाईलीको लय शब्द सिर्जना रहेको गीतमा सर्जक रसाईली... पुरा पढ्नुहोस

बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

म्याग्दी, २० चैत । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाईएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी संस्थाका संचालक र कर्मचारी लगायतको उपस्थितमा दिवस मनाईएको थियो । जिसस सभाहलमा भएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीले नेपालीलाई... पुरा पढ्नुहोस

म्याग्दीमा विकास खर्च न्यून्

  म्याग्दी, २० चैत । चालु आर्थिक बर्षको साढे आठ महिनामा म्याग्दीमा विनियोजित बजेटमध्ये विकासतर्फको बजेटमा न्यून खर्च भएको छ। जिल्लामा रहेका विकास योजनामा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च आठ महिनामा न्यून देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक बर्षको चैत... पुरा पढ्नुहोस

व्यावसायिक मौरीपालन (तस्वीर)

बेनी, २० चैत । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका मीनबहादुर खत्रीले गर्नुभएको व्यावसायिक मौरीपालन । खत्रीले मह र मौरी सहितको घार विक्रिबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । खत्री म्याग्दीमा व्यावसायिक रुपमा मौरीपालन गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । स्वादिलो र स्वास्थ्यबद्र्धक हुने भएकाले मौरीको माग अत्यधिक हुने गर्छ । तस्वीर... पुरा पढ्नुहोस

बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ २० चैत । चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ । मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ... पुरा पढ्नुहोस

बेनपा–६ का वडा अध्यक्षले सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरको भन्दै विरोध

म्याग्दी १९ चैत । म्याग्दीको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा आफ्ना कार्यकर्तामाथि अमानविय व्यवहार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले विरोध जनाएको छ । माओवादी वडा कमिटीका सदस्य बालकुमार बानियाँलाई एमाले जिल्ला कमिटी सदस्य एवम् वेनपा–६ का वडा अध्यक्ष बानियाँले चैत १८ गते बेनी स्थित सामुदायिक विद्यालय... पुरा पढ्नुहोस

पुलाचौरको कुमाल्डीमा काँग्रेसको क्षेत्रीय आमसभा

म्याग्दी १९ चैत । नेपाली कांग्रेस म्याग्दीले ‘घर घर–जाऔं कांग्रेस जिताऔं”अभियान अन्तर्गत शनिबार पुलाचौरको कुमाल्डीमा क्षेत्रीय आम सभा सम्पन्न गरेको छ । स्थानीय चुनावलाई लक्षित गरेर बेनपा–४,५ र ६ वडाले संयुक्त रुपमा आयोजना गरेको आमसभामा सम्बोधन गदैं नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्काले स्थानीय तहको निर्वाचनमा महिलाले उम्मेदवारीमा समेत दावी... पुरा पढ्नुहोस

माओवादीबाट बेनी नगरपालिका–३ मा पुन र ४ मा खड्का वडा अध्यक्षका उम्मेदवार

म्याग्दी १९ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका– ३ र ४ मा वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको छ । शनिवार सम्पन्न वडा कमिटीको बैठकबाट बेनी नगरपालिका–३ भकिम्लीमा वडा अध्यक्ष पदमा पदम पुन र बेनी नगरपालिका–४ सिंगाको वडा अध्यक्ष पदमा अणबहादुर... पुरा पढ्नुहोस

रघुगंगामा नेपाल बुद्धिजिवी संगठन गठन

म्याग्दी १९ चैत । नेकपा (माओवादी केन्द्र) को भातृ संगठडन नेपाल बुद्धिजिवी संगठनको रघुगंगा गाउँपालिका स्तरीय समिति गठन भएको छ । शनिवार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पार्टीको सम्पर्क कार्यालयमा आयोजित एक भेलाबाट श्रीकृष्ण रिजालको अध्यक्षतमा नेपाल बुद्धिजिवी संठगठनको रघुगंगा पालिका कमिटी गठन भएको हो । समितिको सचिबमा मिन बहादुर कटुवाल,... पुरा पढ्नुहोस

निर्वाचनमा शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन लागिपर्छौ : नवआगन्तुक प्रनाउ भारती

म्याग्दी १९ चैत । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ । हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह निर्वाचनलाई लक्षित गरि... पुरा पढ्नुहोस