ताजा अपडेट
एसईईको नतिजा सार्वजनिक
- 3 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
काठमाडौं ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। कोरोना... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक
- 3 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
म्याग्दी, ११ साउन । म्याग्दीको मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाईएको छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बुधबार सामािजक सञ्जाल सञ्चालन सम्वन्धमा सूचना जारी गर्दै गाउँ कार्यपालिका कार्यालय, स्वास्थ्य केन्द्र र एकाईका सबै कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ईस्टाग्राम, टिकटक, लगायतको सामाजिक सञ्जाल... पुरा पढ्नुहोस
एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
- 3 बर्ष, 9 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
काठमान्डाै ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । “विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन... पुरा पढ्नुहोस
म्याग्दीमा छ हजार नागरिकता वितरण
- 3 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
म्याग्दी १० साउन । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक... पुरा पढ्नुहोस
म्याग्दीका पाँच हजार बढी घरधुरीमा खानेपानीको सुविधा विस्तार
- 3 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
बेनी, १० साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा ‘एक घर एक धारा’ खानेपानीको सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले सुरुवात गरेको हरेक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने अभियान अन्तरगत हालसम्म पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानी पुर्याइएको हो । खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दी... पुरा पढ्नुहोस
चौर देखि आफनै भवनसम्म कसरी पुग्यो गौमुखी सहकारी
- 3 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
थम्मन थापा बागलुङ १० साउन । कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट... पुरा पढ्नुहोस
जब कृषकले गाउँपालिका परिसरमै सुन्तलाका विरुवा राखेर विरोध गरे……
- 3 बर्ष, 9 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
बेनी, १० साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका युवा कृषक बालकृष्ण कटुवाल यस क्षेत्रमा व्यावसायिक सुन्तला खेतीको सुरुवात गर्ने युवा कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले सुन्तलाको खेती संगै सुन्तलाका विरुवा उत्पादनका लागि ‘भगवती सुन्तला कृषि फर्म’ स्थापना गर्नुभएको छ । कटुवालको फर्ममा करिब ४५ हजार सुन्तलाका विरुवा उत्पादन भएका छन्... पुरा पढ्नुहोस
गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव
- 3 बर्ष, 9 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी, ९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस
म्याग्दीमा एक वर्षको अवधिमा ७७० घरधुरीमा विद्युत् सुविधा विस्तार
- 3 बर्ष, 9 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र... पुरा पढ्नुहोस
पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी
- 3 बर्ष, 9 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो... पुरा पढ्नुहोस