म्याग्देली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई मोना युएईको सम्मान

  • ६ भाद्र २०७९, सोमबार
  • 1025 पटक पढिएको

म्याग्दी ६ भदौ । म्याग्दीकी प्रतिभाशाली बाल अभियान्ता प्रेन्सा रेग्मीलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले सम्मान गरेको छ । Global Child prodigiy top 100 मा परेर युएईमा अवार्ड लिन पुग्नुभएकी मंगला गाउँपालिका–१ पुर्णगाउँकी रेग्मीलाई मोना युएईले सम्मान गरेको हो ।

मोना युएईका अध्यक्ष सुवास राम्जालीको अध्यक्षता, महासचिव काजीमान बुढाथोकी मगरको सञ्चालन र सचिव नर छन्त्यालको स्वागतमा सम्पन्न कार्यक्रममा अध्यक्ष राम्जाली लगायतले रेग्मीलाई म्याग्दीको पहिचान बढाउन योगदान गरेकोमा दोसल्ला ओढाएर सम्मान पत्र र मायाँको चिनो प्रदान गरि सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सम्मानीत रेग्मीले प्रवासमा बसेर सामाजिक कार्यहरुमा मोनाले गरेको गतिविधिको प्रसंसा गर्दै प्रवासमा आर्जन भएका सिप र पुँजीलाई स्वदेश फर्किएर उद्यमशिल र उत्पादनशिल क्षेत्रमा परिचालन गर्न सुझाब दिनुभएको थियो । रेग्मीले एक कार्यक्रमका बिच युएइमा ग्लोवल चाइल्ड प्रोडिजीको अवार्ड समेत प्राप्त गर्नुभएको छ ।