ताजा अपडेट

दसैँको रौनक नसकीदै भयो ठुलो दुर्घटना, १६ जनाको मृत्यु

हेटौँडा २० असोज । जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज... पुरा पढ्नुहोस

खबरा गाउँभरि केरा खेती विस्तार

म्याग्दी, २० असोज । म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ । एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक... पुरा पढ्नुहोस

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

म्याग्दी १९  असोज ।   म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।   कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन्... पुरा पढ्नुहोस

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

म्याग्दी १९ असोज ।   दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास... पुरा पढ्नुहोस

भगवती कोतमा ‘सरकारी राँगो’ को मार हानेपछिको सम्मान (तस्विरमा )

  म्याग्दी, १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्नेलाई पुजा समिति, आफन्तजनले र राखुबासीले भब्य सम्मान गरेका छन् । राखु भगवती वाख्लेका युवा सचिन केसीले बढीबढाउबाट तीन लाख १५ हजार रुपैयाँ बोलकवोलमा सरकारी राँगोे मार हानेका थिए । हालसम्मकै बढी मूल्यको... पुरा पढ्नुहोस

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

बेनी १८ असोज ।   गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।        दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन... पुरा पढ्नुहोस

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी १८ असोज। म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ ।   जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको... पुरा पढ्नुहोस

भगवती काेत मन्दीरमा राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बोलकबोल !

बेनी , १८ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा सहभागी भगवतीको वख्नेका सचिन केसीले... पुरा पढ्नुहोस

राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

बागलुङ १७ असोज ।  “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौँबाट हामीहरुले राडीपाखी बुन्ने गर्थ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।”बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली... पुरा पढ्नुहोस

आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने बाबुरामको घोषणा

काठमान्डौ १७ असोज ।     नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ०६४, ७० र ७४ मा... पुरा पढ्नुहोस