ताजा अपडेट
अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीको तस्विर टाँसेर विरोध
- 3 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
बेनी, १९ भदौ । ५० वेड क्षमतामा स्तरोन्नती सहित निर्माणधिन बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी र सरोकारवालालाई दबाब दिन निर्माण व्यवसायीको खोजी गर्न दबाब मुलक विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघ म्याग्दीले अस्पतालको भवन अलपत्र पार्ने निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई... पुरा पढ्नुहोस
भुजिखोला किनारमा दुई वर्षदेखि हराएको निद्रा
- 3 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
तारानाथ आचार्य बलेवा, १९ भदौ । भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो ?’’ कुलबहादुर गहभरी आँसु पार्नुहुन्छ । विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उहाँलाई । परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्नुुहुन्छ, ‘‘हो... पुरा पढ्नुहोस
लालपुर्जा नपाउँदा लामाखेतका सुकुम्बासी समस्यामा
- 3 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
पर्वत १९ भदाै । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका... पुरा पढ्नुहोस
एमालेमा प्रदेश सांसदको आकांक्षी उम्मेदवारका नाम सार्वजनिक
- 3 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
म्याग्दी, १९ भदौ । नेकपा एमालेबाट आसन्न चुनावमा प्रदेशसभा सदस्यको उम्मेदवार बन्न २५ जना आकांक्षी देखिएका छन् । शनिबार प्रदेशस्तरी बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उम्मेदवार बन्ने इच्छुकहरुले दावि प्रस्तुत गरेका हुन् । नेकपा एमालेबाट प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण... पुरा पढ्नुहोस
प्रदेश स्तरीय महिला भलिबलमा म्याग्दी प्रथम
- 3 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
म्याग्दी, १९ भदौँ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीको महिला भलिबल टिम च्याम्पियन भएको छ । पोखरामा जारी रहेको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो । यो संगै म्याग्दी लगातार ३ पटक... पुरा पढ्नुहोस
तेक्वान्दोमा परियार र बर्देवाले जिते स्वर्ण पदक
- 3 बर्ष, 2 महिना अगाडि
- १९ भाद्र २०७९, आईतवार
म्याग्दी, १९ भदौ । आगामी असोज २८ गते देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वान्दोतर्फ म्याग्दीका दुई खेलाडी छनोट भएका छन् । पोखरामा संचालन भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीले तेक्वान्दोतर्फ दुई स्वर्ण जितसंगै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुग्न सफल... पुरा पढ्नुहोस
रघुगंगामा माओवादीले वडा स्तरमा संगठन विस्तार गर्ने
- 3 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७९, शनिबार
म्याग्दी, १८ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका समितिले पालिकाभित्रमा संगठन विस्तार अभियान चलाउने भएको छ । शनिवार पार्टी कार्यालय मौवाफाँटमा बसेको पार्टीको विस्तारित बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित आगामी निर्वाचनको रणनीति तय गर्दै पार्टीको संगठन विस्तार अभियान चलाउने निर्णय गरेको हो । बैठकले असोज महिनाभित्रमा पालिकाको ८... पुरा पढ्नुहोस
म्याग्दीमा संघीय र प्रदेश सभाको उम्मेदवार हुन आकांक्षीको लर्को
- 3 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७९, शनिबार
म्याग्दी, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरूले उम्मेदवार हुन आकांक्षी नेताहरुको नाम धमाधम सिफारिस गरेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) र राप्रपा लगायतले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्। प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका आकांक्षी... पुरा पढ्नुहोस
मिडिया काउन्सिल विधेयक संशोधनका लागि आचार्यले दिए १२ सुझाव
- 3 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७९, शनिबार
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभामा पेस भएको मिडिया काउन्सिल विधेयक थप संशोधनका लागि सुझाव दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत पूर्व अध्यक्ष आचार्यले सो विधेयकमा थप संशोधन आवश्यक रहेको भन्दै १२ बुँदे सुझाव दिएका हुन् उक्त विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको छ । शुक्रबार प्रतिनिधिसभामा पेस भएको उक्त... पुरा पढ्नुहोस
नेकपा एकिकृत समाजवादी म्याग्दीले ग¥यो संघ र प्रदेशका उम्मेदवारको नाम सिफारिस
- 3 बर्ष, 2 महिना अगाडि
- १८ भाद्र २०७९, शनिबार
म्याग्दी १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस... पुरा पढ्नुहोस