मोना युएईद्धारा तिहारको शुभकामना आदान प्रदान

  • ७ कार्तिक २०७९, सोमबार
  • 179 पटक पढिएको

म्याग्दी ७ कात्तिक । युएईमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) युएईले तिहार लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मोना युएईका अध्यक्ष सुबास राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मोना अन्तराष्ट्रिय कार्यसमितिका उपाध्यक्ष इन्जिनियर नन्द गर्वुजाले प्रवासी म्याग्देलीहरुको एकता र सहकार्यले म्याग्दीमा सामूहिक रुपमा सामाजिक सेवा र विकास निर्माणको क्षेत्रमा सहयोग पु¥याउन सम्भव भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा एक आपसमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । सदस्य किरण खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा महासचिब काजिमान बुढाथोकी मगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा रिङमायाँ पुनले थाली नाच प्रस्तुत गर्नुभएको थियो भने थम सुनारले सालैजो गीत र सुबास राम्जाली, प्रदिप सुवेदीको गीत प्रस्तुतीमा यमुना रोका, खिमा रोकाको नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा मोना युएईले चिठ्ठा कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा हातेमालो समुह आबुधाबीका अध्यक्ष भोला ढकाल र नेप्लिज सोसियल स्पोर्ट्स ग्रुपका अध्यक्ष जीवन सिग्देल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।