ताजा अपडेट
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
- 8 दिन अगाडि
- १२ फाल्गुन २०८२, मंगलवार
१२ फागुन, म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो । पूर्वशिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बाँसखर्कका... पुरा पढ्नुहोस
गलेश्वर माविमा आधारभूत तह स्तरीय खुला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
- 9 दिन अगाडि
- ११ फाल्गुन २०८२, सोमबार
म्याग्दी ११ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा आधारभूत तह स्तरीय खुला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न १० विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश मावि प्रथम, माउण्ट एभरेष्ट आवासिय मावि द्धितीय र वेष्ट पोइन्ट आवासीय मावि तृतीय हुन सफल भएका छन् । प्रथम,द्धितीय र... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण
- 9 दिन अगाडि
- ११ फाल्गुन २०८२, सोमबार
म्याग्दी ११ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन कर्मचारीलाई तालिम दिन सुरु गरिएको छ । जिल्लामा रहेका ८२ वटा मतदान स्थलमा १२० स्थायी मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन... पुरा पढ्नुहोस
काउसीबोट र बाँसबोट जोड्न म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलङ्गे पुल निर्माण सुरु
- 9 दिन अगाडि
- ११ फाल्गुन २०८२, सोमबार
म्याग्दी, फागुन ११- । म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं –४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो । डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस जेभीले पुलको संरचना निर्माणलाई तीव्रता... पुरा पढ्नुहोस
बेनी आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
- 10 दिन अगाडि
- १० फाल्गुन २०८२, आईतवार
बेनी, १० फागुन । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा... पुरा पढ्नुहोस
अन्नपूर्णमा नेकपाको चुनाबी अभियान ‘पूर्वाधार निर्माणमा प्राथमिकता दिने’प्रतिबद्धता
- 10 दिन अगाडि
- १० फाल्गुन २०८२, आईतवार
नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यतालाई व्यवहारमा उतार्न र जिल्लाका सबै भूगोलको समावेशी विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा आईतवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले, वडा नम्बर ५ पाउद्धार र शिखमा आयोजित चुनाबी सभालाई सम्बोधन... पुरा पढ्नुहोस
नेकपाका पुर्व सांसद बिनोद केसीलाई बाचा पुरा गरेकोमा दोवाबासीको सम्मान
- 11 दिन अगाडि
- ९ फाल्गुन २०८२, शनिबार
बेनी, ९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाहरुले भने शनिबार आफुले गरेको बाचा र प्रतिवद्धता पुरा गरेको भन्दै पुर्व सांसद बिनोद केसीलाई सम्मान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुग्नुभएका केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाले कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस
भगवाती र बेगमा नेकपाका नेताको आग्रहः ‘हामीले गरेका कामको आधारमा मत दिनुस’
- 12 दिन अगाडि
- ८ फाल्गुन २०८२, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगमा चुनाबी भेला गरेका छन् । बेग र भगवतीका विभिन्न टोल र बस्ती स्तरमा पुगेर मतदाता भेटघाट र चुनाबी भेला गरेका नेकपाका टोलीले विकास निर्माणमा नेकपाले गरेको भूमिका र योगदानको... पुरा पढ्नुहोस
महावीर पुनको चुनाबी गीत सार्वजनिक
- 12 दिन अगाडि
- ८ फाल्गुन २०८२, शुक्रबार
म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका महावीर पुनको चुनावी गीत सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवार बन्नुभएका पुनको चुनाबी प्रचार प्रसारका लागि प्रवासमा रहेका शुभेच्छुकहरुको सहयोगमा लोक र सालैजो भाकामा चुनावी गीत तयार गरिएको हो । देव चोचाङ्गी पुन मगरकेो शब्द,... पुरा पढ्नुहोस
मुस्ताङ पुगेर प्रधानमन्त्री कार्किद्वार निर्वाचन तयारीबारे छलफल
- 12 दिन अगाडि
- ८ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार मुस्ताङ जिल्लाको भ्रमण गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीलाई जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा तथा जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाको नेतृत्वमा स्वागत गरिएको थियो। स्वागतका क्रममा जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्व दुवै महिला रहेको देखेपछि... पुरा पढ्नुहोस