ताजा अपडेट

राम्चेको आलुखेती असीनाले नष्ट

म्याग्दी, २३चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा मंगलबार दिउँसो परेको असिनाले आलु खेतीमा क्षत्ती पु¥याएको छ । असिनाले थिरेर हुर्कदै गरेका आलुको बिरुवा नष्ट भएपछि कृषकहरु चिन्तीत भएका छन् । राम्चेका बासिन्दाको मुख्य आयस्रोत आलु खेती हो । असिनाले १२० घरधुरी कृषकले बारीमा लगाएको आलु खेतीमा क्षत्ती गरेको राम्चेका... पुरा पढ्नुहोस

बिस वटा सडकलाई चार करोड सत्तरी लाख बजेट प्राप्त

बेनी २३चैत । म्याग्दीका बिस वटा ग्रामिण सडक योजनाका लागि चार करोड सत्तरी लाख रुपैया थप बजेट प्राप्त भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएको सडक योजना कार्यान्वयन प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिलाई अख्तियारी दिएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न... पुरा पढ्नुहोस

मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाब (फोटो फिचर)

म्याग्दी, २२ चैत । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के पूर्वाधार र प्रचार प्रसारको अभाबले पछाडि परेको छ । (more…) पुरा पढ्नुहोस

माओवादीले जित्नका लागि निर्वाचन:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जित्नका लागि स्थानीय तहको निर्वाचन गराउनु परेको बताएका छन । ०५४ को निर्वाचन बहिस्कार गरेको माओवादीले अहिले स्थानीय तहको निर्वाचन हुनुलाई नै आफनो एजेण्डाको सफलताको कसीमा जोडेर हेरेको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले पुष्टी गरेको छ । स्थानीय तहको निर्वाचन सफल पार्नुलाई राष्ट्रको प्रमुख कार्यभार बनाएका प्रधानमन्त्री... पुरा पढ्नुहोस

मालीकामा काँग्रेसले रोकाद्धयलाई उमेद्वार बनाउने

म्याग्दी २२ चैत  नेपाली काँग्रेसको मालीका गाउँपालीका स्तरीय कार्यकर्ता भेलाले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षको उमेद्वार छनौट गरेको छ । दरवाङ दुखुका नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष श्रीप्रसाद रोकालाई गाउँपालीकाको अध्यक्ष र रुमकी नेपाल महिला संघकी नेता बिमला रोकालाई उपाध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत... पुरा पढ्नुहोस

स्थानीय चुनावमा होमिए प्रमुख ४ दल, यस्तो छ तयारी

चैत २२ – ४० दिनपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मुलुकका सबैजसो राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित संसदमा रहेका अरु साना दलहरुले समेत चुनाव केन्द्रीत गतिविधिलाई तीव बनाएका छन् । यस्तै संशोधनपछि मात्रै चुनाव हुनुपर्ने माग गर्दै... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिको समस्या समाधानमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक

म्याग्दी, २१ चैत । गाउँपालिकाको केन्द्र विवादले कार्यान्वयनमा आउन नसकेको रघुगंगा गाउँपालिकाको समस्या समाधानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन् । भौगोलिक विकटताको कारण रघुगंगा गाउँपालिकामा समावेश गाविसहरुलाई दुई वटा गाउँपालिका बनाएर विवाद समाधान गर्न माग गर्दै पुगेको टोलि समक्ष प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको समस्याप्रति आफु गम्भिर रहेको भन्दै... पुरा पढ्नुहोस

कृत्रिम तरिकाले रानी मौरी विकास

कुहुँ २१ चैत । म्याग्दीको मंगला गाउँपालीका १ कुहूँमा सोमबार कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने विषयमा प्राबिधिक तालीम सम्पन्न भएको छ । काठमाडौको गोदावारीमा रहेको मौरीपालन विकास शाखा र जिल्ला कृषि विकास कार्यालय म्याग्दीको आयोजनामा २ दिनसम्म सञ्चालीत स्थलगत तालीममा २९ जना कृषकहरुको सहभागिता रहेको थियो । कुहुँ, डडुवा,... पुरा पढ्नुहोस

प्रवासीको सहयोगमा बहुउद्देश्यीय भवन

म्याग्दी,२१ चैत । म्याग्दीको मंगला गाउपालिका अन्र्तगत महेश–धापुङमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । दुई गाउँको सामुहिक र सामाजिक कार्य तथा गतिविधीका लागि होमस्मृति युवा क्लब, महेश आमा समूह र महेश र धापुङबाट रोजगारका सिलसिलामा प्रवासमा रहेका युवाहरुको पहलमा सुविधासम्पन्न बहुउउद्देश्यीय भवन निर्माण गरिएको हो । भवनको सोमबार म्याग्दीका सांसद्द्धय... पुरा पढ्नुहोस

म्याग्देली परिक्षार्थीको नजरमा पुग्न नसकेको लोक सेवा आयोगले लिने प्राविधीक धारको कम्प्युटर अपरेटरको परिक्षा

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था... पुरा पढ्नुहोस