प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न

  • २४ असार २०७४, शनिबार
  • 4303 पटक पढिएको

म्याग्दी, २४ असार । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा बेनीमा शनिवार प्राकृतिक पकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ । ‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदनै, तसर्थ बेलैमा सेचत र सुरक्षित बनौँ’ भन्ने मुल नाराका साथ सञ्चालन भएको तिन दिने तालिममा जिल्लाको विभिन्न ठाउँका २६ जनाको सहभागिता रहेको थियो ।

  बेगखोला, पाखापानी, पिप्ले, बेनी नगरपालिकाका विभिन्न वडाबाट सहभागिता जनाएका सहभागीहरुलाई जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले म्याग्दी जिल्लाको प्राकृतिक प्रकोपको अबस्था, कार्यालयले प्राकृतिक प्रकोप नियन्त्रणको लागि गरिरहेको पहल र प्रयासहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले म्याग्दी जिल्लाको भौगोलिक अबस्था प्राकृतिक प्रकोपको दृष्टिकोणमा जोखिमयुक्त रहेकाले समयमै सचेत र सुरक्षित बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादबनाथ आचार्य, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का , जिल्ला बन अधिकृत सुकलाल प्रसाद जयसवाल, नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका अधिकृत धनन्जयकुमार श्रेष्ठ, सहायक भुसंरक्षण अधिकृत सम्भुकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रकोप सम्बन्धि शब्दावलीबारे जानकारी, प्राकृतिक प्रकोपको कारण र प्रकार, बाढी, पहिरो, बन डडेलो बढ्नुको कारण र त्यसले निम्त्याउन सक्ने विपक्ति र असर , प्रकोप न्युनीकरणको तरिका, प्रकापे व्यवस्थापनमा जिल्ला विपद व्यवस्थापन समिति र सुरक्षा निकायको भुमिका, पूर्व तयारी, विपत पछिको कार्य र रेडक्रसले खेल्दै आएको भूमिकाहरुको बारेमा सहजीकरण गरिएको थियो । सो अबसरमा हाँडेभिर नजीकै बेनी–बगरफाँट सडकखण्डमा विपत्त न्युनिकरणको बिषयमा प्रयोगात्मक अभ्यास समेत गराईएको थियो । तालिम समापन समारोहमा बोल्दै सहभागी गंगा तिलिजा र सम्राट सापकोटाले तालिमले प्राकृतिक प्रकोपबाट जोगिने र प्रकोप न्युनीकरणको लागि गर्नुपर्ने व्यवहारिक तरिकाहरुबारे शिकाई भएकोमा जोड दिएका थिए ।