मुस्ताङका कर्मचारीलाई गाउँपालिकामा खटाईयो

  • २५ असार २०७४, आईतवार
  • सुन्दर कुमार थकाली
  • 4094 पटक पढिएको

 मुस्ताङ,२५ असार । जिल्ला कर्मचारी व्यवस्थापन समितिले जिल्लामा कार्यरत १५ कर्मचारीलाई ५ स्थानीयतहमा जिम्मेवारी संम्हाल्ने गरि आईतवार देखि काजमा खटाएको छ । स्थानीयतह प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन संम्वन्धि आदेश २०७४ अनुसार गठित जिल्ला कर्मचारी व्यवस्थापन समितिको शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कर्मचारीलाई काजमा खटाउँने निर्णय गरेको हो ।यसअघि प्रमूख जिल्ला अधिकारी सिडिओ रामचन्द्र पौडेल संयोजक,स्थानीय बिकास अधिकारी बन्धु प्रसाद बास्तोला र कोलनिका कार्यालयका प्रमूख सदस्य रहेको ३ सदस्यीय कर्मचारी व्यवस्थापन समिति बनेको हो ।

 

समितिले दालोमे गाउँपालिकामा ४,घरपझोङ गाउँपालिकामा ३,लोमान्थाङ गाउँपालिकामा ३,थासाङ गाउँपालिकामा ३ र बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकामा २ कर्मचारी खटाएको हो । दालोमे गाउँपालिकाका लागि शितोष्ण बागवानी बिकास केन्द्र मार्फामा कार्यरत ना.सु. ख्याम नारायाण पौडेल,खो.अ.सु.सातौ राजुरमण न्यौपाने,मालपोत कार्यालय धर्मेन्द्र कुमार यादब र भू—संरक्षण कार्यालय अर्जुन तेली छन् ।लोमान्थाङ गाउँपालिकामा हे.अ.अ. छैटौ रामचन्द्र ओझा,स्वास्थ्य ना.सु. बिकास थापामगर र जिल्ला शिक्षा कार्यालय प्राबिधिक सहायक सोभित शाह खटिएका हुँन् ।त्यस्तै,घरपझोङ गाउँपालिकामा जनस्वास्थ्य अधिकृत सातौ स्वास्थ्यका राम बहादुर नेपाली,खानेपानी ना.सु. टिकाराम न्यौपाने र थासाङ गाउँपालिकाबाट घरपझोङमा नर बहादुर पून खटिएका छन् ।थासाङ गाउँपालिकाका लागि खरिदार जिल्ला हुलाक झक बहादुर थापा,अ.न.मी.सातौ स्वास्थ्य करुणा अर्याल र महिला तथा वालवालिका कार्यालयका तुलसी पाईजालाई खटाईएको छ भने बाह् गाउँ मूक्तिक्षेत्र गाउँपालिकामा शितोष्ण बागबानी बिकास केन्द्रका खरिदार सोभाकान्त सुबेदी र हे.अ.अ.छैटौ केशरीदेवी भट्टराई छन् । समितिले गाउँपालिकामा खटाईएका कर्मचारी मध्ये स्वास्थ्यका ६,शितोषण बागबानी बिकासका २ , भु—संरक्षण कार्यालय,मालपोत,हुलाक,शिक्षा,खानेपानी,महिला तथा वालवालिका र थासाङबाट १—१ जनालाई जिम्मेवारी तोकिएको स्थानीय बिकास अधिकारी बन्धु प्रसाद बाँस्तोलाले जानकारी दिए ।

सुन्दर कुमार थकाली