थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा

  • २६ असार २०७४, सोमबार
  • सुन्दर कुमार थकाली
  • 3011 पटक पढिएको

मुस्ताङ,२६असार । मुस्ताङको टुकुचेमा निर्माणधिन १३.६ मेगावार्ड बिद्युत प्रशारण क्षमताको थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।आयोजनाले श्रावणको अन्तिम साता देखि प्रशारण सेवा सुरु गर्ने लक्ष लिएर काम गरिरहेको हो ।यही श्रावणको १५ गते बिद्युत परिक्षण प्रसारण सुरु गर्ने योजना छ । करिव ७ मिटर पेनस्टप पाईप जोड्ने र केही फिनिसिङ काम बाहेक सबै काम सकिएको आयोजनाको भनाई छ ।


‘‘पावर हाउसको जेनेटर र टरमाईन्ड लगायतका बाँकी सबै काम एकहप्ता भित्र सकिने ट्रनेल कन्ट्रक्सन मेनेजर एवंम् भूगर्भविद यूवराज लामिछानेको भनाई छ ।उनका अनुसार समून्द्री सतह देखि करिव ३ हजार १० मिटर उचाईमा आयोजनाले ड्याम निर्माण गरेको हो ।पावर हाउस देखि ड्याम सम्मको दुरी करिव २२ सय ३५ मिटर छ ।जसअन्तर्गत सुरुङ मार्गको करिव १८ सय ३३ मिटर र पेन स्टप पाईपको लम्बाई करिव ४ सय १० मिटर लम्बाई छ ।

उनले मुस्ताङको कोवाङ र म्याग्दीको दानामा सवस्टेशनको संम्पूर्ण काम सकिएको बताए ।’’ माउण्ट कैलास ईनर्जी कम्पनी काठमान्डौंले २०७० साल देखि आयोजनाको निर्माणकार्य गर्दे आएको हो ।यसअघि आयोजनाले १ वर्ष पूर्वाधार निर्माण तथा शडक बिस्तारमा समय खर्चिएको हो । आयोजनामा करिव २ करोड ५० लाख लगानी छ । आयोजनामा भरत खड्काले मुख्य लगानी गरेका हुन् । आयोजनाका साईड मेनेजर सुदिप खड्काका अनुसार ईमोल कन्ट्रक्सन कम्पनीले सिभिलको काम,भ्वाईट ईन्डिया कम्पनीले पावर हाउस निर्माणको काम र माछापूच्छ«े मेटल कम्पनीले संम्पूर्ण पाईप सेटिङको जिम्मा पाएको हो ।सिभिलका लागि ८६ करोड खर्च भएको छ ।

आयोजनाले गत चैत्र महिनामा संम्पन्न गर्ने लक्ष लिएको भएपनि राष्ट्रिय तथा प्राकृतिक समस्या र भौगोलिक बिकटताका कारण तोकिएको समय भन्दा केही महिना पर धकेलिन लागेको हो ।थापाखोला जलबिद्युत आयोजना श्रावणको तेश्रो साता देखि संञ्चालन हुँने बताईएको छ। आयोजनाका लागि मुस्ताङवासीले पू¥याएको सद्भाव र सहयोग प्रति आयोजनाले आभार व्यक्त समेत गरेको छ । भौगोलिक दृष्ट्रिकोणले मुस्ताङको क्षेत्रफल ठुलो भएपनि यहाँ करिव १२ हजारको हाराहारी मात्र जनसंख्या छ ।जनसंख्या न्यून भएतापनि स्थानीयले लामो समय देखि लोडसेडिङको पिडाँ झेल्दै आईरहेको टुकुचेका समाजसेवी पथबहादुर थकाली बताउछन् छन् ।उनले मुस्ताङमा २ मेघावार्ड बिद्युतले मात्र समस्या सुल्झने भएकाले नयाँ बिद्युत उत्पादनले मुस्ताङवासी लाभान्गित हुँने अपेक्षा गरे ।

मुस्ताङको चोखोपानी भएको साना जलबिद्युत आयोजनाले जम्मा २४० किलोवार्ड बिद्युत मध्ये १५० किलोवार्ड पनि बिद्युत सप्लाई हुँदैन। तर न्यून उत्पादित बिद्युत समेत नियमित हुने गरेको छैन्। त्यस्तै ,म्याग्दीको नारच्याङमा भएको घराप जलबिद्युत आयोजना सुख्खा पहिरोको कारण बिगत २ वर्षदेखि संञ्चालनमा छैन। स्थानीयवासीका अनुसार बिद्युत सप्लाईको जिम्मा लिएको स्थानीय निलगिरी उपभोक्ता सहकारी संस्थाले केन्द्रिय बिद्युत महङ्गो पर्ने भएकाले जिल्लामा बिद्युत नियमित गर्न नसकेको ठम्याएका छन् । जिल्लामा बिद्युत सेवा नियमित नहँुदा अन्यसेवा समेत प्रभावित बन्दै आएको हो ।मुस्ताङका स्थानीयवासीले थापाखोला जलबिद्युत आयोजना सुरु भएपछि मुस्ताङलाई लोडसेडिङ मूक्त जिल्ला घोषित गर्नुपर्ने बताएका छन् ।

सुन्दर कुमार थकाली