ताजा अपडेट
म्याग्दी काली एफ एमको आठौ वार्षिक उत्सव
- 8 बर्ष, 28 दिन अगाडि
- १ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १ बैशाख । म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्जले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर आठौ वार्षिक उत्सव मनाएको छ । म्याग्दी काली सञ्चार सहकारी संस्था अन्तरगत सञ्चालीत एफएमले बेनी नगरपालीका ४ डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । गत फागनु २५ गते विद्युत सर्ट भएर आगलागि हुँदा ध्वस्त... पुरा पढ्नुहोस
बेनपा १ मा माओवादीको चुनाव प्रचारप्रसार समिति
- 8 बर्ष, 28 दिन अगाडि
- १ बैशाख २०७४, शुक्रबार
म्याग्दी, १ बैशाख । बेनी नगरपालीका १ मा सेते किसानको अध्यक्षतामा १०१ सदस्यीय नेकपा माओवादी केन्द्रको चुनाव प्रचारप्रसार समिति गठन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य चन्द्रबहादुर घिमीरे र सल्लाहकार कृष्णबहादुर थापाको उपस्थितीमा भएको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा शेरबहादुर थापा, सचिवमा तुलप्रसाद श्रेष्ठ र... पुरा पढ्नुहोस
बेनीमा खानेपानी आपुर्ती बढ्यो
- 8 बर्ष, 29 दिन अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । बेनीमा खानेपानी आपुर्ती बढेको छ । बेनी खानेपानी आयोजनाको क्षमत्ता विस्तार भएपछि खानेपानीको वितरण सहज हुने अपेक्षा गरिएको छ । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो । आयोजनाको क्षमत्ता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसै घण्टा नियमित खानेपानी आपूर्ती हुने... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचन सुरक्षाका लागि मोटरसाइकल गस्ती
- 8 बर्ष, 29 दिन अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । आसन्न बैशाख ३१ को स्थानीय तह निर्वाचन नजिकिदै जाँदा जिल्लामा प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाउन लागेको छ । निर्वाचनलाई लक्षित गरेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी जुटेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिवारबाट जिल्लामा मोटरसाइकल गस्ती सुरु गरेको हो ... पुरा पढ्नुहोस
सबै बालबालिकालाई विद्यालयमा ल्याउन म्याग्दीमा विद्यार्थि भर्ना अभियान सुरु
- 8 बर्ष, 29 दिन अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । जिल्ला शिक्षा कार्यालय म्याग्दीले जिल्लाका सबै विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन जिल्लाव्यापि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुलाई अध्ययनको अबसरबाट बञ्चित नगराउनका लागि बैशाख महिनाभर नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न लागिएको हो । गत बर्ष जिल्लाको तथ्याङ्क... पुरा पढ्नुहोस
प्रवासि म्याग्देलिको सहयोगले यसरी फर्कियो सृस्टी भन्डारीको मुहारमा खुसी
- 8 बर्ष, 29 दिन अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । २०७२ साल कार्तिक १२ गते रोजगारीको सिलसिलामा साउदि अरवमा पुगेका राखु भगवतीका कमल भण्डारीको करेन्ट लागेर मृत्यु भएपछि उहाँको परिवारलाई प्रवासि म्याग्देलिहरुको सहयोगले गर्दा राहात मिलेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र उहाँको आमा दृष्टि विहिन भएको हुदा हातमुख जोड्न समेत मुस्किल भैरहेको थियो... पुरा पढ्नुहोस
माओवादी केन्द्रको धौलागिरी गाउँपालीका अध्यक्षमा यामन रोका
- 8 बर्ष, 29 दिन अगाडि
- ३१ चैत्र २०७३, बिहीबार
म्याग्दी, ३१ चैत । नेकपा माओवादी केन्द्रको धौलागिरी गाउँपालीकाको बुधबार सम्पन्न प्रथम सम्मेलनबाट यामन रोकाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालीका कमिटी निर्वाचित भएको छ । कमिटिको उपाध्यक्षमा गौमाया बिक, सचिवमा झकबहादुर छन्त्याल, कोषाध्यक्षमा रिमप्रकाश थापा र सहसचिवमा किरन थापा रहनुभएको छ । सदस्यहरुमा देवबहादुर थापा, रामबहादुर केसी, फुलबहादुर बिक, केशरबहादुर पुजाृ,... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा पशु स्वास्थ्य शिवीर
- 8 बर्ष, 1 महिना अगाडि
- ३० चैत्र २०७३, बुधबार
म्याग्दी, ३० चैत ।म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा बुधबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको शिवीरमा भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, दोवा, हिस्तानका कृषकहरुले सेवा लिएका छन् । ८५ जना कृषकका आठ सय पशुपंक्षिका लागि औषधि वितरण गरिएको कार्यालयले जनाएको... पुरा पढ्नुहोस
गाउँलेले खने ८ किलोमिटर सडक
- 8 बर्ष, 1 महिना अगाडि
- ३० चैत्र २०७३, बुधबार
म्याग्दी , ३० चैत । प्रसंग, २०६७÷०६८ सालको हो । बेनी–बरंजा हुदै झाक्रेपानी कृषि सडक खुल्ने योजना बन्यो, जिल्ला विकास समितिमा । आफ्नो गाउँलाई सडकले नछुने भएपछि महेश–धापुङबासीले जिविस र गाविसमा निरन्तर दबाब दिए । तर, दुबै निकायबाट उनीहरुको त्यो माग सुनुवाई हुने अवस्था आएन् । तैपनि हिम्मत हारेनन्, धापुङबासीले... पुरा पढ्नुहोस
ओखरबोटमा माओवादी केन्द्रको आमसभा, विभिन्न पार्टीबाट १५० जना पार्टी प्रवेश
- 8 बर्ष, 1 महिना अगाडि
- ३० चैत्र २०७३, बुधबार
म्याग्दी, ३० चैत । म्याग्दीको मालीका गाउँपालीका ४ ओखरबोटको खवाङ सिस्नेरीमा बुधबार नेकपा माओवादी केन्द्रको चुनावी सभा सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रको मालीका गाउँकमिटीका अध्यक्ष कमल केसीको सभापतित्वमा सम्पन्न सभामा पोलीट ब्युरो सदस्य एवं जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीले जनयुद्धमा उठाएको गणतन्त्र, समावेशी, संघीय, धर्मनिरपेक्षता जस्ता मुद्दा संबिधान मार्फत... पुरा पढ्नुहोस