लैङ्गिक विभेद तथा हिंसा सम्वन्धि अन्तक्र्रिया

  • ३ श्रावण २०७४, मंगलवार
  • धिरन खत्री
  • 2393 पटक पढिएको

म्याग्दी, ३ साउन । म्याग्दीको बेनीमा लेङ्गिक विभेद तथा हिंशा सम्वन्धि म्याग्दीको अवस्था बारे अन्तक्रिया भएको थियो । महिला तथा बालबालिका कार्यालय, सिविल नेपाल, महिला तथा मानव अधिकार रक्षक सञ्जाल र प्लान इन्टरनेशनल नेपालको सयुक्त आयोजनामा अन्तक्र्रिया कार्यक्रम भएको हो ।


लैङ्गिक विभेद र हिंसा सम्वन्धि म्याग्दीमा भएको अवस्था सम्वन्धि अन्तक्रियामा छलफल भएको थियो । छलफल कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत भुपन मल्लले लैङ्गिग हिसाँ, यौनजन्य हिसाँ र आर्थिक हिंसा कारणहरु सम्वन्धि अन्तक्रियामा प्रस्तुत गर्नुभएको थियो । उनले समाजमा गरिवी, अशिक्षा, बेरोजगारी, जनचेतनाको कमी, दाईजोप्रथा लगायतको कारणले लैङ्गिक हिंसा बढ्ने बताउनुभएको थियो ।


समाजमा लेङ्गिक विभेद सम्वन्धि शिक्षाको अभावले बालविवाह, परम्परागत छाउपडिप्रथा, सम्वन्ध विच्छेद, सामाजिक अवसमा विभेद जस्ता घटनाहरुलाई अन्त्य गर्न, हिँसासम्वन्धि नीति तथा कार्यक्रमहरु दुर्गम क्षेत्रमा राज्यले पहुच पु¥याउने, नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न प्रभावकारी भुमिका सबैले निर्वाह गुर्नपुर्ने सुझाव दिएका थिए ।


कार्यक्रममा मानव सञ्जालका संयोजक रेखाकौशल रेग्मीले म्याग्दी जिल्लाको लैङ्गिक हिंसाको अवस्थाको जानकारी गराउनुभएको थियो । लेङ्गिक विभेद अन्त्य गर्न जनचेतनको विकास तथा नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको छलफलमा सुझाव दिएका थिए । त्यस्तै कार्यक्रममा सिविल नेपाल म्याग्दीका संयोजक प्रेमबहादुर सोङमेन, प्लान ईन्टरनेशनल प्रोजेक्ट म्यानेजर निशि श्रेष्ठले लैङ्गिक विभेद सम्वन्धि आफ्नो कार्यलयले गरेका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l