ताजा अपडेट

बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता

बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७४ को अवसरमा बिहीबार बेनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला बाल कल्याण समितिको सहयोगमा नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालले “समयको महत्व र बालबालीका” शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ९ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनी सामुदायीकका सफल... पुरा पढ्नुहोस

जयन्ती माविको भवन निर्माणका लागि हरेलो मेला आयोजक समितिको सहयोग

म्याग्दी, २९ भदौ । हरेलो मेला आयोजक समिति बेनपा ३ भकिम्लीले जयन्ती माविको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । भकिम्लीमा साउनमा सञ्चालीत परम्परागत हरेलो मेलाबाट भएको आम्दानीबाट विद्यालय भवन निर्माणमो सहयोग गरिएको हो । मेला आयोजक समितिका सचिव जिवन रोका मगर र कोषाध्यक्ष डिल घर्तीमगरले विद्यालय व्यवस्थापन समितिका... पुरा पढ्नुहोस

विद्यालय परिसरमा मेला सञ्चालन नगर्न शिक्षा कार्यालयको निर्देशन

बेनी २८ भदौ । जिल्ला शिक्षा कार्यालय म्याग्दीले विद्यालय परिसरमा मेला सञ्चालन नगर्न जिल्लाका विद्यालयहरुलाई निर्देशन जारी गरेको छ ।विद्यालय बन्द गरि हप्तौ सम्म मेलाजात्रा सञ्चालन गर्दा पठनपाठन र शान्ति सुरक्षामा असर गरेको ठहर गर्दै जिल्ला सुरक्षा समितिको केही समय अघि बसेको बैठकले अनुगमन र नियमन गर्न शिक्षा कार्यालयलाई अनुरोध... पुरा पढ्नुहोस

मोना अन्तराष्ट्रियको सम्मेलन दरबाङमा हुँदै

  म्याग्दी, २८ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको सम्मेलन तथा दोस्रो महाधिवेशन मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना आइसीको महाधिवेशन आगामी असोज २२ देखी २४ गतेसम्म दरवाङमा हुन लागेको हो । सम्मेलनलाई सफल बनाउन विभिन्न तयारीहरुलाई तिब्र... पुरा पढ्नुहोस

म्याग्दीमा राप्रपा विभाजित ,रुपनारायण श्रेष्ठको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन

म्याग्दी, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दी औपचारीक रुपमा विभाजन भएको छ । केन्द्रमा राप्रपाबाट अलगिएर पशुपती शम्सेर राणाले राप्रपा प्रजातान्त्रिक गठन गरेलगत्तै म्याग्दीमा पनि तत्कालिन राप्रपा नेपालमा रहेका केही नेता तथा कार्यकर्ताहरुले छुट्टै पार्टीको जिल्ला समिति गठन गरेका हुन् । राप्रपा(प्रजातान्त्रिक)का केन्द्रिय सदस्य रहेका जगत प्रसाद गौचनको बिशेष... पुरा पढ्नुहोस

बिम गाउँमा विद्युतीकरण

म्याग्दी २८ भदौ । म्याग्दीको मालीका गाउँपालीका ७ बिम गाउँमा विद्युतीकरण गरिएको छ । नेपाल विद्युत प्राधीकरण बेनी वितरण केन्द्र र स्थानीय बासिन्दाको पहलमा बिम गाउँमा विद्युतीकरण गरिएको हो । परिक्षण सफल भएपछि बुधबार दिउँसोदेखि बिममा केन्द्रिय प्रशारण लाईनको नियमित विद्युत आपूर्ती हुन थालेको वडा अध्यक्ष रेशम जुक्जाली (सुबिन)ले जानकारी... पुरा पढ्नुहोस

खानीगाउँका रिकेशको बिछोडमा परेकाको पिडा (भिडियो सहित)

म्याग्दी, २८ भदौ । म्याग्दीको मंगला गाउँपालीका १ खानीगाउँका रिकेश पाईजा पुनको लोक गित “म थिए आकाश तिमी थियौ जुन” को म्युजीक भिडीयो सार्वजनीक भएको छ । https://youtu.be/eveAxqVTQYI गित मार्फत पुनले प्रेमको बिछोडमा परेकाहरुको पिडालाई व्यक्त गरेका छन् । रिकेशको शब्द रहेको गितमा दुर्गा बिरही र पूर्णकला बिसीको स्वर रहेको... पुरा पढ्नुहोस

जनप्रतिनिधीकै नेतृत्वमा भएको काम बिवादीत

म्याग्दी २७ भदौ । म्याग्दीको धौलागिरी गाउँपालीका ४ मा पर्ने धौलागिरी चक्रिय पदमार्गको पूर्वाधार निर्माण सम्बन्धि योजनामा अनियमितता भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।बगरा गाउँका बासिन्दाले उपभोक्ता समिति र सम्बद्ध कार्यालयका कर्मचारीको मिलेमतोमा पदमार्ग निर्माणका क्रममा ईस्टिमेट भन्दा कम परिणामको काम भएको र श्रमीकले ज्याला नपाएको गुनासो गरेका हुन्... पुरा पढ्नुहोस

कैलाश माविको जुरेसबाट राहत संकलन गरि तराईका बाढीपीडितलाई सहयोग

म्याग्दी, २७ भदौँ । कैलाश मावि दोबामा गठित जुनियर रेडक्रस सर्कलले तराईका बाढीपिडितलाई राहत संकलन गरेका छन। जिल्लाको अन्नपुर्ण गाउँपालिका २ दोबामा रहेको विद्यालयका जुरेसमा आवद्ध विद्याथीहरुले शिक्षक, विद्यार्थी र अभिभावकहरुबाट संकलन भएको ७ हजार ८२५ रुपैयाँ बाढीपीडितलाई सहयोग गरेको हुन । जुरेसबाट संकलित सो रकम तराईका बाढीपीडितहरुका लागि राहत... पुरा पढ्नुहोस

फुलवारीमा विद्यार्थी विच पढाई प्रतिस्पर्धा

म्याग्दी, २७ भदौ । पूस्तकालय कोठा, त्यसमा पनि खचाखच विद्यार्थीको विचमा पढाई प्रतिस्पर्धामा सहभागि विद्यार्थी । अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयमा स्थापित पुस्तकालयमा नयाँ र नौलो तरिकाले विद्यार्थीलाई पुस्तकालय प्रति आर्कषित बनाइएको छ ।मालिका गाउँपालिका–४ ओखरबोटको फुलबारीमा अवस्थित पुरुषोत्तम आधारभुत विद्यालयमा विद्यार्थी विच पठन प्रस्तिपर्धाको आयोजना गरिएको... पुरा पढ्नुहोस