सुत्केरी छात्रा एसईईमा सहभागी

  • १३ चैत्र २०७४, मंगलवार
  • 1821 पटक पढिएको

म्याग्दी १३ चैत । माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई परिवारका सदस्यहरुको सहयोगमा स्टे«चरमा बोकेर लगत्तै परिक्षा केन्द्रमा पु¥याइएको थियो ।

बच्चा जन्माएपछि परिक्षामा सहभागी हुने केसीको ईच्छा अनुसार छुट्टै कोठामा सहज हुने गरी परिक्षा दिने व्यवस्था मिलाएको स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताउनुभयो । मंगलबार विज्ञान विषयको परिक्षा भएको थियो । केसीकी छोरीको नाम समेत प्रवेशिका राखिएको छ ।


धौलागिरी गाउँपालीका ३ सोलवाङकी केसी ताकम माविबाट एसईईमा सहभागी भएकी हुन् । गत शुक्रबारदेखि सुरु भएको एसईई परिक्षामा म्याग्दीमा पाँच जना दृष्टिबिहीन र १४ जना एक्जाम्टेड सहित एक हजार १६९ जना छात्रा र एक हजार १५७ जना छात्र सहभागी भएका शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्व रेग्मीले बताउनुभयो ।