ताजा अपडेट

निर्माण भएको दुई वर्ष नपुग्दै चुहिन थालेको भवनको मन्त्रीद्धारा उद्घाटन

म्याग्दी १६ फागुन । महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले परिवर्तनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न म्याग्दीका कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।बेनीमा बुधबार महिला तथा बालबालीका कार्यालयको भवन उद्घाटन पछि आयोजित कार्यक्रममा मन्त्री थापाले परिवर्तीत राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र... पुरा पढ्नुहोस

जलजलामा ईन्भेष्टमेन्ट बैङ्कको शाखा स्थापना

जलजला १५ फागुन । पर्वतको जलजला गाउँपालीका ४ मोहनचोकमा नेपाल ईन्भेष्टमेन्ट बैङ्कले शाखा स्थापना गरेको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारी, कृषकलाई अत्याधुनीक बैङ्कीङ सेवा उपलब्ध गराउने र स्थानीय तहमा आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङकबाट (क) बर्गको अनुमती पाएको बैङ्कले मोहनचोकमा ६४ औ शाखा स्थापना गरेको हो... पुरा पढ्नुहोस

मन्त्रि थापालाई म्याग्दीमा सम्मान

म्याग्दी, १५ फागुन । केपी ओली सरकारमा म्याग्दीबाट सहभागि मन्त्रि थममाया थापालाई नेकपा एमाले म्याग्दीबाट सम्मान गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी र अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा महिला तथा बालबालिका तथा समाज कल्याणमा नवनियुक्त मन्त्रि थममाया थापालाई गृह जिल्लामा सम्मान गरिएको हो । सो सम्मान कार्यक्रममा... पुरा पढ्नुहोस

रघुगंगा माविलाई मोना स्पेनबाट रु ६३ हजार सहयोग

म्याग्दी, १५ फागुनस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयको शैक्षिक विकासको लागि मोना स्पेनबाट आर्थिक सहयोग भएको छ । मोना स्पेनका महासचिब चन्द्रबहादुर शाहीको अग्रसरतमा संकलन भएको रु ६३ हजार सहयोग विद्यालयमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । मोना स्पेनका महासचिब शाहीले सो अवसरमा आफ्नो... पुरा पढ्नुहोस

कुहुँमा अनौठो मुर्ती भेटीयो

म्याग्दी, १५ फागुन । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा अनौठो नागको मुर्ती भेटीएको छ । कुहुँ गाउँको शिरानमा सर्प आकारको ढुङ्गाको मुर्ती भेटिएको हो । कुहु देखि आधा घण्टा पैदल हिडेपछि पुगीने उक्त ठाउँमा मुर्ती भेटिएपछि पुजाआजा र हेर्नेको घुईचो लागेको वडा अध्यक्ष डेगबहादुर राम्जालीले जानकारी दिएका छन् । घाँस... पुरा पढ्नुहोस

एक ब्यवसायिको ५० लाख सहयोगमाः गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु

गलेश्वर, १५ फागुन । एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो । गलेश्वर शिवालय क्षेत्र... पुरा पढ्नुहोस

बेलायतलाई हराउँदै म्याग्दी समाज पोर्चुगल (मोना) ले उपाधि हात पारे

लिस्बोन, १४ फागुन। राजधानी लिस्बोनमा पहिलो लखन स्मृती खुल्ला युरोप स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भयो । नेपालका पहिलो सहिद लखन थापा मगरको १४१औँ स्मृती दिवस तथा राष्ट्रीय चाड माघे सकरातीको अवसर पारेर आयोजना गरिएको उक्त भलिवल प्रतियोगितामा बेलायत,डेनमार्क,फ्रान्स,लग्जम्वर्ग र पोर्चुगलका गरि ११ टिम सहभागी भएका थिए । “खेलकुद,अनुशाशन,गतिशिलता,भातृत्व र सभ्य... पुरा पढ्नुहोस

औषधी वितरणमा बेनी अस्पतालका स्वास्थ्यकर्मीको गम्भिर त्रुटी

म्याग्दी, १४ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधी वितरण कक्षका स्वास्थ्यकर्मीले गम्भीर त्रुटी गरेको भेटिएको छ । आईरन चक्कि दिनुपर्ने गर्भवतीलाई औषधी वितरण कक्षमा बस्ने स्वास्थ्यकर्मीले जुकाको औषधी (अल्वेन्डाजोल)को बट्टा दिएको खुलासा भएको हो । २०७४ मंसिर ४ गते अस्वतालमा गर्भपरिक्षण गराएकी बेनी नगरपालीका ५ सेतोढुङ्गाकी समिक्षा खत्री कुँवरलाई सोही... पुरा पढ्नुहोस

योजना तर्जुमा सम्वन्धि जनप्रतिनिधि र विषयगत कार्यालयहरुबीच छलफल

बेनी, १४ फागुन । आगामी आर्थिक वर्ष २०७५७६ को बजेट तथा कार्यक्रम तर्जुमाको विषयमा सोमबारदेखि बेनीमा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीय तह र विषयगत कार्यालयहरुबीच आगामी आर्थिक वर्षको योजना तर्जुमाका क्रममा समन्वयको वातावरण बनाउन दुई दिने कार्यक्रम सुरु भएको हो । कार्यक्रममा जिल्ला समन्वय... पुरा पढ्नुहोस

रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु

म्याग्दी, १४ फागुन । बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड प्रथम रत्नेचौर जागरण कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागुपूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म फुटबल प्रतियोगिताको आयोजना गरेको हो । सो प्रतियोगितालाई विश्व शान्तिको प्रतिक परेवालाई उडाउर्दै प्रमुख अतिथि प्रतिनिधिसभाका... पुरा पढ्नुहोस