खेलकुद

रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  म्याग्दी, ८ माघ । रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो । सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने... पुरा पढ्नुहोस

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ पिप्ले च्याम्पीयन  

बेनी, ६ माघ । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ ।  कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो । सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का... पुरा पढ्नुहोस

पालिका स्तरीय भलिबलमा पुरुषतर्फ रघुगंगा र महिलातर्फ अन्नपूर्ण विजयी

बेनी, ५ पुस : बेनीमा सञ्चालित सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को... पुरा पढ्नुहोस

वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा

बेनी, ६ माघ । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले... पुरा पढ्नुहोस

पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनल प्रवेश

  म्याग्दी, ४ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवः पुरुष भलिबलको सेमिफाईनल बुधबार हुने

  म्याग्दी, ३ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका रातो, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् । माघ ४ गते बुधबार दुई सेमिफाईनल हुनेछन् । विहान ९ बजे हुने पहिलो सेमिफाईनलमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका खेल्नेछन् । दोस्रो... पुरा पढ्नुहोस

बेनीमा खुल्ला सडक दौड प्रतियोगिता हुने

बेनी, २५ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा जिल्लास्तरिय खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ । म्याग्दी महोत्सवको अवसरमा खेलकुद विकास समितिले पुरुष तथा महिला खुल्ला सडक दौड प्रतियोगिता आयोजना गरेको हो । माघ ६ गते हुने खुल्ला सडक दौड प्रतियोगितामा माघ ५ गतेभित्र प्रतियोगतामा सहभागिले नाम दर्ता... पुरा पढ्नुहोस

बेनी नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रकाश माविलाई उपाधि (फोटो फिचर)

म्याग्दी, १९ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण,५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र... पुरा पढ्नुहोस

बेनी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी, १७ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। खुल्लामञ्चमा आईतबारदेखि संचालन भएको राष्ट्रप्रति रनिङ्गशिल्ड प्रतियोगितामा नगरभित्रका २५ विद्यालय सहभागितामा रहेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षतामा सुरुको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । १९ गतेसम्म संचालन हुने... पुरा पढ्नुहोस

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड पुष १७ देखि 

  बेनी, १२ पुष । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी... पुरा पढ्नुहोस