म्याग्दीमा लिग फुटवल प्रतियोगीता हुने

  • १८ फाल्गुन २०७९, बिहीबार
  • धिरन खत्री
  • 357 पटक पढिएको

 

बेनी, १८ फागुन । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो ।

म्याग्दी कप ब्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले जिल्लामा पहिलो पटक हुन लागेको लिग फुटवल प्रतियोगितामा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको वडानम्वर १, २, ३ र ४ वडाका भित्रका क्लवसहित १० वटा क्लवको सहभागिता रहने जानकारी दिनुभएको छ । म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँ र द्धितिय हुनेले ७० हजारसहित ट्रफी र मेडलले पुरस्कृत गरिने छ ।

लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकताई जनही ७हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट योङपेलेयरलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ । प्रतियोगीता सम्पन्न गर्न अनुमानित रकम रु ७ लाख रुपैयाँ खर्च हुने संयोजक सुवेदीले जानकारी दिनुभयो । लिग फुटवल प्रतियोगितामा दर्ता शुल्क २० हजार रुपैयाँ रहेको छ।

लिग फुटवल प्रतियोगिता आयोजनाले जिल्लामा एन्फा निर्माणका लागि सहयोग पुग्ने जिल्ला खेलकुद विकास समिति पुर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । उहाँले हरेक बर्ष लिग फुटवल प्रतियोगिता गर्नेे योजना सहित जिल्लाभित्रका १० क्लवलाई समेटेर लिग संचालन गरिएको जानकारी दिनुभयो। क्लवले ३ जना बाहीरी खेलाडी समावेश गरेर प्रतियोगितामा सहभागिता हुन पाउने छ ।

पत्रकार सम्मेल कर्याक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर ७ का वडा अध्यक्ष रमेश श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिता सम्पन्न गराउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । जिल्ला फुटवल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकी लगायत खेलमा सहभागि हुने क्लवका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको संचालन सदस्य कुमार बानियाँले गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l