विशेष

संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह ताल

  म्याग्दी १३ वैशाख ।  प्रशस्त पर्यटकीय सम्भावना बोकेको  म्याग्दीकाे  अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बीचमा रहेको कालीदह प्रचारप्रसार, पूर्वाधार निर्माण र संरक्षणको अभावमा ओझेलमा परेको हो । मोहरेडाँडामा पर्यटकको आगमन बढे... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको दोस्रो गाउँसभाबाट एघार बिधेयक पारित

(मंगला)म्याग्दी १२ बैशाख । मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न दोस्रो गाउँसभाले स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न ११ वटा बिधेयक पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गरिएको बिधेयकहरु गाउँसभामा छलफलपछि सर्वसहमतीमा पारित भएको हो ।गाउँपालिकाको आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७५, सहकारी ऐन, बजार अनुगमन निर्देशिका,... पुरा पढ्नुहोस

सांसद तुलाचनद्धारा बालिकाको अभिभावकत्व ग्रहण

म्याग्दी १२ बैशाख । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले थासाङ गाउँपालिका ४ की एक बालीकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । जनप्रतिनिधिले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर भर्ना अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सांसद तुलाचनले अन्नपूर्ण आधारभुत विद्यालयको कक्षा १ मा स्थानीय कञ्चन बिकलाई भर्ना गराउनुभएको हो ।... पुरा पढ्नुहोस

पौलत्स्य माविमा अक्षयकोष स्थापनाका लागि अभियान सुरु

बेनी १२ बैशाख । बेनी नगरपालिका ५ भिरमुनीमा रहेको पौलत्स्य माविमा विभिन्न अवसरमा हुने फजुल खर्च कटाएर अक्षयकोष स्थापना गर्ने अभियान सुरु भएको छ । पूर्व विद्यार्थीहरुले जन्मदिन, बिवाह लगायत अवसरमा हुने खर्च कटाएर विद्यायमा अक्षयकोष स्थापनाका लागि सहयोग गर्न थालेका हुन् । पौलत्स्य मावि अक्षयकोष स्थापनाका लागि पूर्व विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

राम्चेको देउराली आधारभुत विद्यालयमा पच्चिस लाखको अक्षयकोष स्थापना

म्याग्दी, १२ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा रु रु २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा कार्यरत शिक्षकको भत्ता र भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयवासीको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।... पुरा पढ्नुहोस

मलेसियामा ज्यान गुमाएका रुमका दुई यूवाको परिवारलाई पौडेल र भण्डारीद्धारा सहयोग

म्याग्दी, ११ बैशाख । रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका म्याग्दीको मालिका गाउँपालिका–२ रुमका दुई युवाको घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गत चैत्रमा मलेसियामा ज्यान गुमाएका २८ वर्षिय धर्मलाल रोका र २२ बर्षिय बृद्धि बहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरिएको हो । म्याग्दीको धौलागिरि गाउँपालिका– ७ ताकम घर भई... पुरा पढ्नुहोस

जातीय विभेदको उत्कर्ष, एकअर्काको जन्ती र मलामी जान छोडे !

दिल शिरीष बागलुङ, ११ वैशाख ।  सहर बजारमा जातीय विभेद अन्त्य गर्ने भन्दै कतै भाषण त, कतै सहभोज चलिरहेछ । तर, बागलुङ जिल्ला सदरमुकामको १४ किलोमिटरको दूरीमा रहेको एक गाउँमा भने जातीय विभेदले दलित र गैरदलित समुदाय एकअर्काको जन्ती र मलामीसमेत जान छोडेका छन् । जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा जन्म... पुरा पढ्नुहोस

तातोपानी कुण्डले होटल व्यवसाय फस्टायो

म्याग्दी, ११ वैशाख । बेनी नगरपालिका– ४ तातोपानीका अधिकाँश घर भरिभराउ छन् । प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको कारण यहाँका सबै जसो घरमा सञ्चालित होमस्टे भरिभराउ हुने गरेका हुन् ।यहाँको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको लागि करिब १५० घरधुरीमा होमस्टे र १० वटा ठुला होटल सञ्चालनमा... पुरा पढ्नुहोस

मिर्गाैला पीडित मुदीका बम बहादुर पुन बचाउ अभियान सुरु

म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ती कोषले धौलागिरि गाउँपालिका वडा ४ मुदी निवासी मिर्गाैला पीडित बमबहादुर पुन बचाउ अभियान सुरु गरेको छ । मिर्गाैला राेगबाट पीडित भएका वडा सदस्य बमबहादुर पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पुनको उपचार सफल बनाउन कोषले ‘बम बचाउ अभियान’ सुरु गरेकोे हो... पुरा पढ्नुहोस

प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस