दुई संगठनको एकताबारे अखिल क्रान्तिकारी म्याग्दीको छलफल

  • २ असार २०७५, शनिबार
  • 2059 पटक पढिएको


म्याग्दी, २ असार । नेकपा एमाले र नेकपा माओवादी एकतापछिको समसामयिक देशको राजनीतिक घटनाक्रम र दुई विद्यार्थी संगठनको एकताबारे  अखिल क्रान्तिकारी म्याग्दीले भेटघाट  तथा छलफल गरेको छ । नेपाल कम्युनिष्ट पाटी निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारी विच एकताका लागि केन्द्र देखि जिल्लामा भईरहेको गतिविधिबारे जानकारी लिन शनिबार अखिल क्रान्तिकारी म्याग्दीले छलफल तथा भेटघाट  कार्यक्रम अायाेजना गरेकाे हाे ।
अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य सुदिन पौडेलको अध्यक्षतामा भएको भेटघाट कार्यक्रमा केन्द्रिय सदस्य एवम् ४ नम्बर प्रदेशका सह– संयोजक विजय सापकोटाले जिल्लाका विद्यार्थी नेताहरुले राखेको जिज्ञाशाकोहरुको जवाफ दिदै पाटी एकतापछि केन्द्रका दुई संगठनविच भईरहेको गतिविधिबारे जानकारी गराएका थिए । उनले दुईहप्ताभित्रमा आधिकारीक विद्यानसहित दुई विद्यार्थी संगठनको एकताको निर्णय बाहिर आउने गरि गृहकार्य तिव्र भएको जानकारी दिए ।
त्यस्तै नेकपा माओवादी म्याग्दीका तत्कालिन जिल्ला ईन्चार्ज कुशल पौडेलले केन्द्रको पाटी एकतापछि जिल्लाका दुईपाटी विच भईरहेको गतिविधिबारे जानकारी गराउदै विद्यानमा रहेर एकताका लागि दुई संगठनविच छलफल तथा भेटघाट तिव्र गर्न आवश्यक रहेको जानकारी दिए ।
संगनका सचिवालय नेताहरुले जिल्लामा दुई विद्यार्थी संगठनले गरेको गतिविधिबारे जानकारी गराउदै एकताका लागि भईरहेको पहलबारे सदस्यहरुलाई जानकारी गराईएको थियो ।