नेकपाद्धारा मौवाफाँटमा अगुवा कार्यकर्ता भेला

  • २ असार २०७५, शनिबार
  • 2099 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिवार तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्प्युनिष्ट पार्टीका अगुवा कार्यकर्ताहरुको भेला तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यकर्तातह सम्म एकताको सन्देश, आवश्यकता र योजनाको बारेमा जानकारी गराउने, अन्तरघुलनको वातावरण बनाउने, स्थानीय तहको योजना, निती र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आयोजित कार्यक्रममा ८ वटै वडाका नेता, कार्यकर्ता र नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता हरिकृष्ण श्रेष्ठले दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएर मुलुकको विकास र समृद्धिमा अगाडी बढेको बताउँदै विकास निर्माणमा जुट्न स्थानीय तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपाका नेता तथा पूर्व साँसद गोविन्द पौडेलले पार्टी एकताको सन्देशलाई गाउँ गाउँसम्म पु¥याएर नेकपाप्रति जनाताको विश्वास लिदै गरिब विपन्न, र पछाडी परेका बर्ग र समुदायको उत्थानको लागि अग्रसर हुने बताउनुभयो । कार्यक्रममा नेकपाका नेता देवेन्द्र बहादुर केसी, बालकृष्ण सुवेदी, नेकपाका नेता तथा प्रदेश सभा साँसद विनोद केसीले पार्टी एकतापछि जनलहर उर्लिएको उल्लेख गर्दै संघ , प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय सरकारहरु मार्फत दिगो विकास र आर्थिक समृद्धिको लागि पहल गरिनेमा जोड दिनुभयो ।

नेकपामा नेता हरि भण्डारीको अध्यक्षता, वडा नम्बर २ का वडाअध्यक्ष रिम कटुवालको स्वागत र झलक सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्लाको सबै स्थानीय तहमा पार्टी एकताको सन्देश लिएर कार्यकर्ताहरुसंग छलफल र अन्र्तक्रिया गरि पार्टीलाई बलियो बनाउनको लागि संयुक्त अभियान थालेको नेकपाले यसअघि दरवाङ , बाबियाचौर, ताकम र बेनीमा गाउँ तथा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरिसकेको र अन्नपूर्ण गाउँपालिकामा समेत छिटै सो कार्यक्रम गर्ने जनाएको छ ।