विशेष

बेनी–गलेश्वर सडक : चौबीस महिना ठेक्का अवधि एक वर्षमै निर्माण !

म्याग्दी, पुस ५  गते । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत... पुरा पढ्नुहोस

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ४ पुुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ ।  धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुुना जोड्ने... पुरा पढ्नुहोस

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई  

शिवाङ, ४ पुुष : धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य... पुरा पढ्नुहोस

ज्ञानोदय माविलार्ई रु ५१ हजार सहयोग

बेनी, ४ पुस ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई रु ५१ हजार सहयोग प्राप्त भएको छ । समाजसेवी सुवेदार हर्कबहादुर भण्डारीले विद्यालयलाई उक्त सहयोग गर्नुभएको हो । मौवाफाँट घर भइ हाल पोखरामा बसोबास गर्र्दै आउनुभएका भण्डारीले विद्यालयको शैक्षिक विकासमा सहयोग पुगोस भन्ने उदेश्यले उक्त सहयोग गरेको बताउनुभयो... पुरा पढ्नुहोस

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

बेनी, ३ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)

https://www.youtube.com/watch?v=MY8cXCOj6yM   बेनी, ३ पुस:  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद... पुरा पढ्नुहोस

समाजसेवी शिव केसीद्धारा ज्ञानोदय माविमा १९५ थान अतिरिक्त पोसाक(ट्याकसुट) सहयोग

म्याग्दी ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिब केसीले १९५ थान अतिरिक्त पोसाक (ट्याकसुट) सहयोग गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको लागि केसीले करिब रु २ लाख बराबरको उक्त पोसाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले... पुरा पढ्नुहोस

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन (फोटो फिचर)

बेनी, २ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले... पुरा पढ्नुहोस

समुदायमा म्याग्दी काँग्रेस अभियान संचालन गर्ने

  म्याग्दी, २ पुस । नेपाली कांग्रेस म्याग्दीले संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने निर्णय जिल्ला सम्मेलनमार्फत गरेको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति,... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस