मंगलामा नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण
- १ असार २०८१, शुक्रबार
- 347 पटक पढिएको
म्याग्दी , ३२ जेठ । म्याग्दीको मंगला गाउँपालिकाले नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण गर्न अभियान चलाएको छ । प्लास्टिकजन्य नकुहिने फोहोरलाई प्रशोधन गरेर घरायसी सजावटका सामाग्री बनाउन थालेपछि फोहोरबाटै आम्दानी गर्न थालिएको हो । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उदेश्यले गाउँपालिकाले आयोजना गरेको तालिममा सहभागी ६० जनाले प्लाष्टिकजन्य फोहोरका सामानबाट घरायसी सजावटका सामाग्री बनाउने सीप सिकेका छन् ।
स्थानीयबासी, विद्यार्थी र शिक्षकसमेतलाई सहभागी गराएर प्रदान गरिएको तीन दिने तालिम पश्चात सहभागीहरुले पानीका बोटल ,चाउचाउ,बिस्कुटलगायतका विभिन्न सामग्रीका प्लास्टिकबाट मुढा, फुलदानी ,फुल ,डोरी ,माला ,गमलालगायतका घरायसी सजावटका सामग्री बनाउन सीप सिकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो । पछिल्लो समय गाउँ घर तथा टोलबाट फालिएका प्लास्टिकजन्य फोहोर व्यवस्थापन र वातावरण संरक्षणको बिषय चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा नकुहिने फोहोरको समेत उपयोग गरेर सजावटका सामाग्री तयार गर्ने सीप प्रदान गरिएको उहाँको भनाई छ ।
तालिममा फोहोर पुर्नप्रयोगका विज्ञ सुरेन्द्रप्रकाश पोखरेलले नकुहिने तथा कुहिने फोहोरको बर्गिकरण, फोहोरबाट मोहोर बनाउने उपाय, पलाष्टिकजन्य फोहोरबाट बनाउन सकिने हस्तकलाका साम्रागीका बारेमा सहभागीलाई प्रयोगात्मक अभ्यास सहित तालिम प्रदान गर्नुभएको थियो । गाउँपालिकाले कुहिने र नकुहिने फोहोरको दिगो व्यवस्थापन र पुनःप्रयोगको सन्देशलाई समुदाय स्तरमा पु¥याउने जनाएको छ । तालिलमा सहभागी भएकाहरुले खेर जाने र बातावरण प्रदुषण गराउने प्लास्टिकबाट मुढा,फुलदानी ,फुल ,डोरी ,माला ,गमला जस्ता सजावटका सामग्री बनाउन थालेपछि फोहोरबाट मोहोर कमाउने अबस्था बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
‘‘ कम्तीमा घरघरमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन होस भन्ने उदेश्यले तालिम दिएका हौँ, प्लाष्टिकजन्य फोहोरको पुनप्रयोग र प्रशोधन गरेर नयाँ सामाग्री बनाउनु नै उत्तम उपाए हो, त्यसको लागि हामीले सीप विकास र जनचेतना अभिबृद्धिको कार्यक्रम संगसंगै अघि बढाएका छौँ’’– अध्यक्ष रोकाले भन्नुभयो । फोहोरबाट मोहोर, विकारबाट आकार र पिसाबबाट हिसाब निकाल्न सकिने भएकाले गाउँपालिकाले अभियानको रुपमा नकुहिने फोहोरको व्यवस्थापनको बारेमा कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।