कुश्मामा युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुखीकरण

  • ७ असार २०८१, बिहीबार
  • 199 पटक पढिएको

पर्वत सदरमुकाम कुश्मामा विहिवार युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा पर्वत र बागलुङका विभिन्न युवा क्लबका १ सय बढीको सहभागीता रहेको थियो । कार्यक्रममा युवा सञ्जालका संस्थापक अध्यक्ष बिबेक त्रिपाठी र मन्त्रालयका युवा शाखा प्रमुख तारानाथ सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा युवा नीति र युथ भिजन, युवाका सवालहरु, युवा बहसका बिषयहरु, सरकारी स्तरबाट विभिन्न तहका सरकारका युवा लक्षित कार्यक्रम र युवा सहभागिता, बस्तिस्तरका योजना तर्जुमा, निर्माण र कार्यान्वयनमा युवा क्लबको भूमिका र वर्तमान अभ्यासको अवस्था, युवा क्लब गठन विधि र प्रकृयाहरु नविकरण र लेखापरीक्षण लगायतका बिषयमा सहजीकरण गरिएको थियो । जिल्ला युवा समिति पर्वतका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु प्रसाद तिवारीले युवाहरुको सकरात्मक सोच र सक्रियताले समाज रुपान्तरण हुने बताउँदै युवाहरुले समाजमा नेतृत्वदायि भूमिका खेल्नुपर्ने बताउनुभयो । मन्त्रालयका युवा शाखा प्रमुख तारानाथ सुवेदीको सञ्चालन र सामाजिक विकास कार्यालय, पर्वतका प्रमुख टंकप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा युवा समिति बागलुङका अध्यक्ष सुमन बोहोराले शुभकामना मन्तव्य राख्नुभएको थियो ।