विशेष

साउन महिनामा गलेश्वरधाम मन्दिरबाट नौं लाख बढी भेटी संकलन

  म्याग्द, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा नौं लाख २७ हजार २३ रुपैयाँ भेटी संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जानकारी दिएको छ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक : अँधेरीखोलाकोे पहिरो रोकथाम गरिँदै

  म्याग्दी,३० साउन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरीस्थित अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।... पुरा पढ्नुहोस

गलेश्वरधाम आमा समूहद्धारा व्यावसायिक फेन्सी चप्पल उत्पादन

बेनी, ३१ साउन :  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहले फेन्सी चप्पलको व्यावसायिक उत्पादन सुरु गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसंग उपमेयर’ कार्यक्रम अन्तरगत १५ दिने तालिम लिएका आमा समूहमा आबद्ध महिलाहरुले व्यावसायिक रुपमा फेन्सी चप्पल उत्पादन गर्न सूरु गरेका हुन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम... पुरा पढ्नुहोस

विद्यार्थीमा आँखा पाक्ने रोग फैलिएपछि बेनी नगरपालिकामा विद्यालय बन्द

  बेनी, २९ साउन । आँखा पाक्ने रोगको संक्रमण फैलिएपछि बेनी नगरपालिकाले नगरभित्रका विद्यालयहरु भदौ १ गतेसम्म बन्द गरेका छ। बेनी बजार तथा ग्रामिण क्षेत्रका विद्यालयमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएपछि बेनी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाकाले विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य कार्यालयका प्रतिनिधिको... पुरा पढ्नुहोस

मुस्ताङको कागबेनीमा बाढीको बितण्डा (तस्बिरमा )

अमृत सुवेदी मुस्ताङ२९ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीले प्रहरी चौकी भवन सहित ३६ बढी घर बगाएको छ । आइतबार साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले बितण्डा मच्चाएको थियो । प्रहरीका अनुसार, अहिलेसम्म ३६ घरमा क्षती पुगेकाे तथ्यांक संकलन... पुरा पढ्नुहोस

बाढीले मुस्ताङको कागबेनीमा दुई दर्जन घरसहित भौतिक संरचनाको क्षति

  जोमसोम, २९ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आईतबार साँझ आएको बाढीले बितण्डा मच्याएको छ । कागबेनी गाउँ माथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पूर्‍याएको बताईएको छ । गएराती वारागुङ मुक्तिक्षेत्रको छेङ्गुर,झोङ,पुडाक लगायतका शाखा नदी उर्लिएर नदी थुनिएपछि कागबेनी गाउँ बाढीको... पुरा पढ्नुहोस

प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटकीयस्थल गाम्फाधुरी ओझेलमा

  म्याग्दी, २८ साउन। पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसार र पूर्वाधारको अभावले म्याग्दी र बागलुङको सिमानामा पर्ने गाम्फाधुरी ओझेलमा परेको छ । समुन्द्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा अवस्थित गाम्फाधुरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको गन्तव्य हो । मंगला गाउँपालिकाको वडानम्वर ४ स्थित बंरजा बुकेनीबाट चारघण्टाको पैदलयात्राबाट पुगिने महत्वपूर्ण... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको बहाव बढ्दो ( फोटोफिचर )

  म्याग्दी, २८ साउन । अविरल बर्षासँगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालीगण्डकी नदीको बहाव बढ्दै गएको छ। माथिल्लो भेगमा निरन्तर भएको उच्च बर्सातले यस बर्षको साउनको अन्तिममा कालीगण्डकी नदीको बहाव बढेको हो । काली गण्डकी नदी अतिक्रमण गरेर संरक्षणको काम गर्दा बढीरहेको नदीको बहावले बस्ती कटान गर्ने जोखीम... पुरा पढ्नुहोस

आलु भित्र्याउन चटारो (तस्बिर)

बेनी, २८ साउन :  म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीमा आलु खन्दै गरेका स्थानीय । यस बर्ष आलुको उत्पादन बढेपछि कृषक हर्षित भएका छन् । मंगले, चौरखानी, घ्यासीखर्क,  दुवाडी, ढाँण, पात्लेखर्क लगायतका बस्तीमा आलु उत्पादन राम्रो भएपनि चिमखोलाको मलाङमा गएको पहिरोले यहाँको आलु निर्यात हुन सकेको छैन् । आलु खेतीमा सम्भावनायुक्त यो... पुरा पढ्नुहोस

बेनी–दरबाङ सडक : ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध

  म्याग्दी, २८ साउन । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ । म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि... पुरा पढ्नुहोस