विशेष
मुस्ताङमा कालीगण्डकी बगरको सतह बढ्यो, बस्तीमा डर
- 1 बर्ष, 4 दिन अगाडि
- ५ मंसिर २०८०, मंगलवार
मुस्ताङ ५ मङ्सिर । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतह बढेपछि बस्तीमा बाढीको जोखिम भएको छ ।घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीका अनुसार कालीगण्डकी नदीमा ढुंगा तथा बालुवा थुप्रिएर बगरको सतह बढ्दै जाँदा बस्ती, खेतीयोग्य जमिन, सडक, सिँचाइ, खानेपानी, मोटरेबल पुल, झोलुङ्गे पुल, भवन, स्याउ बगैंचा लगायतका भौतिक संरचना... पुरा पढ्नुहोस
अस्पताल र रोजगार सिर्जनाको माग गर्दै गाउँपालिका परिसरमा आमरण अनसन
- 1 बर्ष, 5 दिन अगाडि
- ४ मंसिर २०८०, सोमबार
बेनी, ४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा एक युवा आमरण अनसन बस्नुभएको छ । गाउँपालिकामा विवादीत बनेको आधारभूत अस्पताल उपयुक्त स्थानमा बनाउनुपर्ने र गाउँपालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाहरुमा स्थानीय जनशक्तिले काम गर्ने वातावरण सिर्जना गर्न माग गर्दै रघुगंगा गाउँपालिका–३ पिप्लेका युवा रमेश गुरुङ आमरण अनसनमा बस्नुभएको हो । सोमबार... पुरा पढ्नुहोस
जेसीजकप फुटवलको लोगो र टाईटल प्रायोजक सार्वजनिक
- 1 बर्ष, 5 दिन अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी, ४ मंसिर । २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक... पुरा पढ्नुहोस
मुस्ताङमा बाफबाट खाना पकाउने विद्यालय !
- 1 बर्ष, 5 दिन अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा बौद्ध विद्यालयले बाफबाट खाना पकाउने (स्टिम) प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको स्टिम प्रविधि ग्यासको तुलनामा सस्तो, छिटो र दाउराको खपत घटाउन प्रभावकारी बनेको हो । विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले खाना पकाउने यस्तो प्रविधि नेपालमा यहाँ र काठमाडौँको थानकोटमा... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढे (फोटोफिचर)
- 1 बर्ष, 5 दिन अगाडि
- ४ मंसिर २०८०, सोमबार
म्याग्दी, ४ मंसिर । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गर्ने धार्मिक पर्यटक बढेका छन् । मुक्तिनाथ प्रवेशद्वारमा रहेको गलेश्वर मन्दिर दर्शन गर्ने आन्तरिक तथा बाह्य धार्मिक पर्यटक बढेका हुन् । दैनिक एक हजार देखि एकहजार पाचँसयसम्म धार्मिक पर्यटकले यहाँ दर्शन गर्न आउने गरेको गलेश्वर मन्दिरका पुजारी... पुरा पढ्नुहोस
तनहुँको लोचाडाँडा कृषि पर्यटन सडकको स्तरोन्नती
- 1 बर्ष, 6 दिन अगाडि
- ३ मंसिर २०८०, आईतवार
म्याग्दी, ३ मंसिर । तनहुँको ब्यास नगरपालिकाबाट म्याग्दे गाउँपालिका हुँदै भिमाद जाने सडकको स्तरोन्नतीको काम सकिएको छ। ब्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित तीन किलोमिटर ‘लोचाडाँडा कृषि पर्यटन’ सडकको स्तरोन्नतीको काम तोकिएको समयअघि नै सकिएको हो । विसं २०८० फागुन ११ गतेसम्म सक्नुपर्ने सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले... पुरा पढ्नुहोस
तिहार आज भाइटिका, १० बजेर ५१ मिनेटको समय उत्तम
- 1 बर्ष, 10 दिन अगाडि
- २९ कार्तिक २०८०, बुधबार
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले... पुरा पढ्नुहोस
कोरला नाका पुन: सञ्चालनको तयारी, सुरक्षाकर्मीका लागि बनाइयो अस्थायी संरचना
- 1 बर्ष, 12 दिन अगाडि
- २७ कार्तिक २०८०, सोमबार
२७ कात्तिक, म्याग्दी । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को रोहबरमा चीनले दशगजा क्षेत्रको नेपाली भूमिमा कन्टेनर सुविधाको पूर्वाधार संरचना तयार गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी... पुरा पढ्नुहोस
मोना युएइको दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम
- 1 बर्ष, 12 दिन अगाडि
- २७ कार्तिक २०८०, सोमबार
म्याग्दी, २७ कात्तिक । रोजगारको शिलसिलामा युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । आईतबार मोनामा आवद्ध म्याग्देलीहरुको उपस्थितमा तिहार विशेष शुभकामना आदानप्रदान एवम् देउशीभैला कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा नेपाली मौलिक गीतमा छम्छमी... पुरा पढ्नुहोस
पहाडको टुप्पोमा पर्यटकीयस्थल मालिका धुरी
- 1 बर्ष, 14 दिन अगाडि
- २५ कार्तिक २०८०, शनिबार
म्याग्दी, २५ कात्तिक । समुन्द्रि सतहदेखि तीन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी पर्छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । कालिका देवी, मालिका देवी... पुरा पढ्नुहोस