म्याग्दी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

  • २३ पुष २०८१, मंगलवार
  • 307 पटक पढिएको

बेनी, २२ पुुष । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन हुुनुभएको छ । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको संरक्षकमा हरिकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गाना रहनुभएको छ ।

उपाध्यक्षमा प्रेमबहादुर कार्की (दिपक बिखर्ची), कोषाध्यक्षमा सेरबहादुर केसी, सदस्यहरुमा दुर्गाराम सुुवेदी, ठाकुरप्रसाद शर्मा, किरन सापकोटा, घनश्याम खड्का, बिनोद प्रसाद शर्मा, मनोज पौडेल, बिक्रम बोगटी र ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन हुनभएको क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताउनुभयो ।

क्याम्पस प्रमुख सञ्चालक समितिको सदस्य सचिव रहने ब्यवस्था रहेको छ । क्याम्पस सभाको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । उहाँले म्याग्दीको उच्च शिक्षाको विकासमा योगदान पुु¥याएको म्याग्दी क्याम्पसमा समय सापेक्ष शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुुभयो । कार्यक्रमका बक्ताहरुले उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेशीदा क्याम्पसमा विद्यार्थीको संख्या कम भएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।