पाण्डे दम्पतीको उपचारमा ५० हजार सहयोग
- १० माघ २०८१, बिहीबार
- 1 पटक पढिएको
म्याग्दी १० माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा रु ५० हजार सहयोग प्राप्त भएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा कलेजाबाङको महतारे निवासी लक्ष्मण भण्डारी, राजिन भण्डारी र रामजी भण्डारीले रु ५० हजार सहयोग गर्नुभएको हो ।
रोजगारको शिलसिलामा कतारमा रहनुभएका लक्ष्मण, पोर्तुगलमा रहनुभएका राजिन र बेल्जियममा रहनुभएका रामजी तीन दाजुभाइले एकमुष्ठ रु ५० हजार रकम पीडित सिता पाण्डेको बैँक खातामा जम्मा गर्नुभएको हो । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र देश तथा विदेशमा रहनुभएका सहयोगदाताहरुबाट सहयोग आउन थालेको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।