गम्भिर स्वास्थ्य समस्याबाट जुधेका दम्पतीको उपचारमा अमेरिकाबाट रु १ लाख सहयोग
- ८ माघ २०८१, मंगलवार
- 23 पटक पढिएको
म्याग्दी ८ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा सहयोग जुट्न थालेको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा अमेरिकामा रहनुभएका रघुगंगा गाउँपालिका– २ सिजलगाउँका बिजय भण्डारी र नन्द भण्डारीले रु ५० हजार सहयोग गर्नुभएको छ ।
त्यसैगरि अमेरिकामा नै रहनुभएका जलजला गाउँपालिकाको मल्लाजका डेकबहादुर जिसी (राजिन)ले समेत रु ५० हजार सहयोग गर्नुभएको छ । दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि आर्थिक संकलन सुरु गरिएको र सहयोगदाताहरुबाट सहयोग आउन थालेको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन भभियान सञ्चालन गरिएको छ ।