विशेष

ब्रेन ट्यूमर पीडित हरीको उपचारमा विभिन्न देशबाट करिव डेढ लाख आर्थिक सहयोग प्राप्त

म्याग्दी, १५ भदौ । ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई विभिन्न देशमा रहेका राखुका युवाहरुले १ लाख ३६ हजार ५१७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । काठमाण्डौस्थित क्यान्सर सेन्टर अस्पतालमा उपचार गराईराखेका दमाईलाई विभिन्न देशमा रोजगारमा रहेका साथीहरुले सो आर्थिक सहयोग... पुरा पढ्नुहोस

भुुवानी आधारभूतको कक्षा कोठा भवन जिर्ण

  म्याग्दी, १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट घारखोला जलविद्युत आयोजना जलविद्युत आयोजनाको सुरुङ खन्दा चर्किएको तीन... पुरा पढ्नुहोस

पर्यटकीयस्थल जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौ – मन्त्री जुुग्जाली

  म्याग्दी, १४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दाहरुसँग बिहिबार भएको भेटघाटका क्रममा प्रदेश सरकारले पर्यटकीय बस्ती जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको जानकारी... पुरा पढ्नुहोस

गुर्जामा स्याउखेतीको परीक्षण सफल, दुई वर्षअघि इटलीबाट ल्याएको बिरुवामा फल लागे

म्याग्दी १५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए ।  गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । 'परीक्षणका लागि जोखिम... पुरा पढ्नुहोस

मंगलामा माओवादीको तीन महिने अभियान संचालनका लागि कार्ययोजना निर्माण

  म्याग्दी, १४ भदौ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटिले बुधबार विस्तारित बैठकमार्फत कार्ययोजना निर्माण गरेको छ । मंगला गाउँपालिकाको बावियाँचौरमा भएको विस्तारित बैठकमा भदौ १६ गतेदेखि देशैभरीका सबै वडाबाट सुरु हुने तीन महिने अभियानलाई वडावडामा कार्यान्वयनका लागि नेताहरुलाई जिम्मेवारी तोक्दै बैठक सम्पन्न... पुरा पढ्नुहोस

बेनीमा दिवंगतको सम्झनामा नागनागिनी नाँच प्रदर्शन (फोटोफिचर)

  म्याग्दी, १४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउदै आएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच प्रदर्शन गरिएको छ। नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपूर्णिमाको अवसरमा दुईदिनसम्म( विहिबार र शुक्रबार) बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाँच प्रदर्शन गरिएको हो । बर्खेनाच बेनीका नेवार... पुरा पढ्नुहोस

जनैपूर्णिमाको अबसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनको चहलपहल

बेनी , १४ भदौ:  जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिक स्थल र तलाउहरुमा विहानैदेखि भक्तजनहरुको चहलपहल बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै बिशेष पुजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानी लगायतका शक्तिपिठमा पुजाआजा गर्नका... पुरा पढ्नुहोस

पार्टी प्रवेश गराउदै मालिकामा जनतासँग माओवादी अभियानको तयारी

  म्याग्दी, १२ भदौ । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिक कमिटिले मंगलबार विभिन्न पार्टीका नेता कार्यकर्ता भित्र्याउदै जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको लागि कार्यविभाजन गरेको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा भएको विस्तारित बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र स्वतन्त्र व्यक्तिहरु १० जना प्रवेश गर्नुुभएको माओवादी केन्द्र मालिकाका अध्यक्ष अनुुप... पुरा पढ्नुहोस

कुवापानीको पहिरोले खेतीयोग्य जमिनलाई बनायो बगर, बस्ती जोखिममा

  म्याग्दी, १२ भदौ । पर्वतको जलजला गाउँपालिका वडानम्वर २ पूर्णगाउँ मुलघडेरीको खेतीयोग्य जमिन बगर बनेको छ । वडानम्वर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते बर्षातपछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घर परिवार विस्थापित र सँयौ... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले... पुरा पढ्नुहोस