प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानियाँ चयन, शर्मा पुरस्कृत

  • २३ माघ २०८१, बुधबार
  • 79 पटक पढिएको

म्याग्दी , २३ चैत । प्रेस चौतारी नेपाल म्याग्दी शाखाको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । छैठौ अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, सह–सचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की चयन हुनु भएको छ । सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन हुनुभएको छ ।
चौतारीको अधिवेशनका अवसरमा पत्रकार प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँसहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ । पुरस्कृत पत्रकार शर्मा रुप्से दैनिकको सम्पादक हुनुहुन्छ । प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडी अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सक्नु भएको छ ।