विशेष
न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि
- 11 महिना, 15 दिन अगाडि
- २४ मंसिर २०८०, आईतवार
म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र... पुरा पढ्नुहोस
ठूलोखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रु
- 11 महिना, 15 दिन अगाडि
- २४ मंसिर २०८०, आईतवार
बेनी, २४ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र ७ चिमखोलाममा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ जोडिएको (टनेल ब्रेकथ्रु ) भएको छ । इन्लेट र आउटलेट गरि दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ... पुरा पढ्नुहोस
बिजुली विक्रिबाट नेपाल आम्दानी गर्ने ठाउँमा पुगीसक्यो : उर्जामन्त्री बस्नेत
- 11 महिना, 16 दिन अगाडि
- २३ मंसिर २०८०, शनिबार
बेनी, २३ मंसिर : उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली विक्रिबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल, म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देश सभालाई सम्वोधन गर्दै उर्जामन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । अबको दुईबर्षभित्र नेपालले बिजुली विक्रिबाट आम्दानी मात्रै गर्ने र बिजुली खरिद... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई पुलाचौरमा (तस्बिर सहित)
- 11 महिना, 17 दिन अगाडि
- २२ मंसिर २०८०, शुक्रबार
म्याग्दी, २२ मंसिर । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ को पहिलो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार वडा नम्बर ५ पुलाचौरमा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले बजेट निर्माण गर्दा सबै वस्तीहरुलाई समानुपातिक तवरले प्राथमिकता दिन, सडक, खानेपानीको योजनाहरुलाई पूर्णता दिन, कृषि क्षेत्रको व्यवसायिकरणमा ध्यान दिन,... पुरा पढ्नुहोस
मौवाफाँटमा मुडा बुनाई तालिम सम्पन्न
- 11 महिना, 17 दिन अगाडि
- २२ मंसिर २०८०, शुक्रबार
बेनी, २२ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा मुडा बुनाई तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत आठ दिने मुडा बुनाई तामिल दिईएको हो । २५ जनाले सहभागीता जनाएको तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुभएको थियो । तालिममा सहभागीहरुले... पुरा पढ्नुहोस
सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती
- 11 महिना, 17 दिन अगाडि
- २२ मंसिर २०८०, शुक्रबार
बेनी, २२ मंसिर । केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक ३५० जनाको हाराहारीमा समेत विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो बर्षको पर्यटकयाममा १५० जनाको हाराहारीमा मात्रै... पुरा पढ्नुहोस
बेनी आक्रमणको ‘साँछी’ बनेको युद्धपोल १३ बर्षपछि फिर्ता
- 11 महिना, 18 दिन अगाडि
- २१ मंसिर २०८०, बिहीबार
बेनी, २१ मंसिर : तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोल फिर्ता भएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको पोल २०६७ असोज... पुरा पढ्नुहोस
चिसोले जमेकाे पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बन्यो
- 11 महिना, 18 दिन अगाडि
- २१ मंसिर २०८०, बिहीबार
म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड ताल जमेको हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको आगमन भएको छ । पानी जमेर तालमाथि... पुरा पढ्नुहोस
कुवेतबाट उद्धार भएर फर्किएकी हिराकुमारीलाई सहयोग
- 11 महिना, 19 दिन अगाडि
- २० मंसिर २०८०, बुधबार
म्याग्दी,२० मंसिर । खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका लागि कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतार अन्तरगत स्थापना भएको बहुद्देश्यीय अक्षयकोषले बुधबार... पुरा पढ्नुहोस
जेसीज कप फुटबलमा पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
- 11 महिना, 19 दिन अगाडि
- २० मंसिर २०८०, बुधबार
म्याग्दी, २० मंसिर । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश... पुरा पढ्नुहोस