पाण्डे दम्पतीको उपचारमा भण्डारीले जुटाए पोर्चुगलबाट २ लाख बढी सहयोग

  • २ फाल्गुन २०८१, शुक्रबार
  • 1635 पटक पढिएको

म्याग्दी, २ फागुन। गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा पोर्चुगलबाट थप रु २ लाख बढी सहयोग जुटेको छ । पोर्चुगलमा रहनुभएका मौवाफाँट फुलवारीका भगवान भण्डारीको नेतृत्वमा दुई लाख ११ हजार ७ सय ११ सहयोग जुटेको हो ।
दम्पती नै गम्भिर स्वास्थ्य समस्याबाट ग्रसित बनेको र उपचारमा लाखौँ खर्च भैसकेकाले परिवारको आर्थिक अबस्थाले थेग्न नसकेपछि पोर्चुगलमा रहेका विभिन्न ठाउँका सहयोगदाताबाट आर्थिक संकलन गरेर पठाएको आर्थिक संकलनका अगुवाइ गर्नुभएका भण्डारीले बताउनुभयो । सिताको मृर्गौला पत्यारोपण र राजुको कलेजोको उपचार गर्न लाखौँ लाग्ने भएपछि देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई आग्रह गरिएको र आर्थिक संकलन हुने क्रम जारी रहेको राजुका भाई विष्णु पाण्डेले बताउनुभयो ।
मृर्गौला पीडित सिताले बेनी अस्पतालमा नियमित डायलासिस गराउँदै आउनुभएको छ । साढे २ बर्षको अवधिमा पाण्डे दम्पतीको उपचारमा घरिपरिवारर आफन्तले करिब ३० लाख बढी खर्च गरिसकेका छन् । परिवारको नियमित आम्दानीको स्रोत नभएको थप उपचारमा समेत लाखाँै लाग्ने भएपछि पाण्डे दम्पतीको जीवन रक्षार्थ सहयोग संकलन गर्न थालिएको छ । पाण्डे दम्पतीको उपचारको लागि देश तथा विदेशमा रहनुभएका राखुबासीको अगुवाईमा आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ ।

सहयाेगदाताकाे विवरण