विशेष

धवलागिरीमा न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना

  मुना, ३० मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुुभएको थियो । मेलमिलाप केन्द्र र न्यायिक समितिमा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको सार्वजनिक सुुनुवाई

मुना, ३० मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका साथै अन्तरक्रिया गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो... पुरा पढ्नुहोस

चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई (तस्बिर सहित)

बेनी, ३० मंसिर :  म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो । गत बर्षको बिजेता समेत रहेको प्रकाश माविले... पुरा पढ्नुहोस

उत्कृष्ट यूवा पुरस्कारबाट गायक प्रकाश दुतराज सम्मानित

म्याग्दी ३० मंसिर । चर्चित म्याग्देली गायक प्रकाश दुतराज नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको आतिथ्यतामा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा साहित्य , संगीत तथा संस्कृति क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट सम्मान गरिएको हो । गीतसंगीतको माध्यमबाट पहिचान... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा सात वटा गौरबका योजना सञ्चालन

कमल खत्री बेनी, २९ मंसिर : बेनी नगरपालिकाले सात वटा गौरवका योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । साना योजनाबाट उपलब्धी नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई ७ वटा ठूला योजनामा बिनियोजन गरेको थियो । नगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय... पुरा पढ्नुहोस

अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव... पुरा पढ्नुहोस

रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेशन निर्माण भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३-११ केभी क्षमताको सबस्टेशन निर्माण भएको हो । फाइल तस्बिर निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर... पुरा पढ्नुहोस

श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु

म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरुले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्मााण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरु मिलेर दिवंगत ब्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पुर्‍याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् । विकास र सामाजिक एकताको... पुरा पढ्नुहोस

दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो

बेनी, २८ मंसिर :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैचाभित्र रहेको विद्युत वितरण लाइनको नाङगो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैचाभित्र रहेको विद्युुतको नाङगो तारका कारण दुुर्घटनाको जोखिम बढेको विषयमा मंसिर २५ गते  “बगैचा पस्न डराउँछन दोसल्लेबासी” शिर्षकको समाचार प्रकाशन भएको थियो । समाचार सार्वजनिक भएपछि नेपाल विद्युत प्राधिकरणको... पुरा पढ्नुहोस

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन

बेनी, २८ मंसिर : गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको... पुरा पढ्नुहोस