विशेष

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा–३ पिप्ले च्याम्पीयन  

बेनी, ६ माघ । बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ पिप्ले च्याम्पीयन भएको छ ।  कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो । सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का... पुरा पढ्नुहोस

जलवायु परिवर्तनकाे असर : हिमपात नहुँदा नाङ्गिए हिमाल,सुनसान बने पर्यटकीय गन्तव्य

म्याग्दी, ७ माघ । मुस्ताङको थासाङ गाउँपालिका २ कोबाङका बसन्त शेरचन हिमाल कालापत्थर बन्न थालेकोमा चिन्तित हुनुहुन्छ । उमेरले ८० पार गर्नुभएका शेरचनले हिमालमा हिउँको मात्रा घट्दै जाने र हिमशृङ्खला विस्तारै काला डाँडाको रुपमा देखिने अवस्थामा पुग्न थालेको बताउनुभयो । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालहरुमा यस बर्ष हिमपातमा ढिलाइ हुँदा... पुरा पढ्नुहोस

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गलेश्वर, ७ माघ । गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन,... पुरा पढ्नुहोस

महोत्सवले संस्कृति र परम्परा संरक्षणमा जागरण ल्यायो

कमल खत्री बेनी, ७ माघ : बेनी बजारका १३ बर्षका अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ बर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा पदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि हनुमान नाचले धेरैको ध्यान तान्यो । नेवार... पुरा पढ्नुहोस

बेनी–गलेश्वर सडकको शिलन्यास

  म्याग्दी, ६ माघ । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ । जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभएको हो । उक्त सडकको शिलन्यास गर्दै मेयर... पुरा पढ्नुहोस

पालिका स्तरीय भलिबलमा पुरुषतर्फ रघुगंगा र महिलातर्फ अन्नपूर्ण विजयी

बेनी, ५ पुस : बेनीमा सञ्चालित सातौँ म्याग्दी महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएका छन् । शुक्रवार भएको फाइनलमा अन्नपूर्णलाई सोझो तीन सेटमा हराउँदै पुरुषतर्फ रघुगंगाले उपाधी चुमेको हो । प्रतियोगिताको फाइनल खेलमा अन्नपूर्ण गाउँपालिकालार्ई १९–२५, १३–२५ र १७–२५ को... पुरा पढ्नुहोस

वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा

बेनी, ६ माघ । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले... पुरा पढ्नुहोस

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

  म्याग्दी, ४ माघ । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भएपनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी... पुरा पढ्नुहोस

पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनल प्रवेश

  म्याग्दी, ४ माघ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का... पुरा पढ्नुहोस

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ …..

गण्डकी, ३ माघ। कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे.... सब मरिन्छ, त्यही अन्तिम वर्षमा... पुरा पढ्नुहोस