बजार प्रतिनिधि संघद्वारा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण

  • ९ आश्विन २०८०, मंगलवार
  • 351 पटक पढिएको

 

बेनी, ९ असोज । बेनी अस्पतालमा उपचारत विरामीलाई फलफलूल वितरण गरिएको छ । नेपाल बजार प्रतिनिधि संघ धौलागिरिले बेनी अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको हो ।

धौलागिरि क्षेत्रमा विभिन्न खाद्यबस्तुको बजारमा विक्रि वितरण गर्ने बजार प्रतिनिधिहरुले बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितमा विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुभएको थियो ।

फलफूल वितरण कार्यक्रममा वडाअध्यक्ष कर्माचार्य, बेनी अस्पतालकी निमित्त प्रमुख अनुस्का मान्नधर, नेपाल बजार प्रतिनिधि पोखराका अध्यक्ष बाबुराम तिवारीले मन्तव्य राख्नुभएको थियो । धौलागिरीका अध्यक्ष राम्जी सुवेदीको अध्यक्षता सचिव दिनेश गौतमको संचालनमा भएको कार्यक्रममा संघका सदस्यहरुको उपस्थित रहेको थियो ।