कालीपुलबस्तीमा पहिरोको पिरलो

  • ९ आश्विन २०८०, मंगलवार
  • 241 पटक पढिएको

 

म्याग्दी, ९ असोज । बेनी नगरपालिका–८ कालीपुल बस्तीलाई सधै पहिरोका पिरलो छ । कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले त्रसित बनाउदै आएको छ।


मंगलबार (आज) दिउँसो एक्कासी मल्लाजको भिरबाट खसेको पहिरोले कालीपुलबासीलाई त्रसित बनाएको थियो । दिउँसो एक्कासी आएको पहिरोले क्षति नपुर्‍याएपनि फेरी खस्ने होकी त्रास बढाएको कालीपुल गण्डकी होटल रेष्टुरेण्ट एण्ड र्‍याफटीङ्गका संचालक गम पुनले बताउनुभयो ।


उहाँले पहिरोले खानेपानीको पाईपमा क्षति भएको उल्लेख गर्दै थप क्षति हुनबाट जोगाउन पहिरोको अध्ययन गर्न सरोकारवालाई सामाजिक सञ्जालबाट अनुरोध गर्नुभएको छ । कालीगण्डकी नदीमा भिरबाट खस्ने पहिरोले कालीगण्डकी नदीको छाल आएर असर गर्ने रे नदीले धार परिर्वतन गर्ने जोखिम बढाएको छ।

बेलाबेलामा पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा छन् । दूईबर्ष अघि २०७८ भदौँ १४ गते अहिल्य खसेको नजिकैबाट कालीगण्डकी नदीमा पहिरो खस्दा कालीपुल बस्तीमा पानीको छालले आठ घरमा क्षति पुर्‍याएको थियो ।