विशेष

मंगला शिक्षा क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको तालाबन्दी

  बेनी, ३० फागुन । म्याग्दीको बाबियाँचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ । निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्ता सहित अन्य प्रक्रियामा क्याम्पसमा... पुरा पढ्नुहोस

चैत १ गतेदेखि बेनीमा सुरु हुने लिग फुटवल प्रतियोगीताको तयारी पुरा

  म्याग्दी, ३० फागुन । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। म्याग्दी कप– २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका... पुरा पढ्नुहोस

होटल ब्यवसायी संघद्वारा मृगौलामा समस्या देखिएका रोकाको उपचारमा सहयोग

  म्याग्दी, ३० फागुन । म्याग्दी होटल एण्ड रेष्टुरेण्ट ब्यवसायी संघद्वारा मृगौलामा समस्या आएर पोखरास्थित गण्डकी अस्पतालमा उपचारत ज्ञान बहादुर रोकाको उपचारमा आर्थिक सहयोग गरेका छन् । होटलमा कर्मचारीको रुपमा कार्यरत मंगला गाउँपालिका २ बस्ने सुनिता रोकाकी श्रीमान ३३ बर्षिय ज्ञानबहादुर रोकाको उपचारका लागि ५८ हजार २३५ रुपैया आर्थिक संकलन... पुरा पढ्नुहोस

क्याम्पसमा तालाबन्दीले स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

  म्याग्दी, ३० फाल्गुन। नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बुहमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको बिरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा कार्यालयमा ताला लगाएको हो । उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय... पुरा पढ्नुहोस

स्थापना दिवसको अवसरमा नि:शुल्क कम्युटर कक्षा

  बेनी, २९ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुभारम्भ गरेको छ । प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर वेसिक तथा डिप्लोमा सम्मको कक्षा संचालन गरेको... पुरा पढ्नुहोस

खन्ती–जोमसोम सडक कालोपत्र सुरु

  मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र... पुरा पढ्नुहोस

नवनिर्वाचित राष्ट्रपतिद्वारा पद तथा गोपनियताको शपथ

  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् । गत फागुन २५ गते नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

lसुशीलबाबु थकाली                                   मुस्ताङ, २८ फागुन : नेपाल शिक्षक संघ मुस्ताङको नवौं जिल्ला अधिवेशनले गोबिन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली,... पुरा पढ्नुहोस

म्याग्दीका केसी लायन्सको डिष्ट्रिक गभर्नरमा निर्वाचित

  बेनी, २८ फागुन । म्याग्दीका चन्द्रबहादुर केसी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ आई, नेपालको डिष्ट्रिक्ट गभर्नरमा पदमा निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित केसीले सहभागी क्लवका प्रतिनिधिहरुको सतप्रतिशत मत प्राप्त गर्नुभएको थियो । केसीले अघिल्लो कार्यकालमा प्रथम डिस्ट्रिक गर्भरनको पदमा रहेर काम गर्नुभएको थियो । डिस्ट्रिक ३२५... पुरा पढ्नुहोस

मुक्तिमार्ग माध्यमिक विद्यालयमा व्यवस्थापन समिति पुनर्गठन

म्याग्दी २७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुनर्गठन गरिएको छ । शनिवार सम्पन्न आमभेला मार्फत ठाकुर प्रसाद बरुवालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र मनिषा बरुवालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको हो । व्यवस्थापन समितिको सदस्यहरुमा हिरा खड्का,... पुरा पढ्नुहोस