म्याग्दी जेसीजले सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने

  • १४ चैत्र २०८०, बुधबार
  • 141 पटक पढिएको

म्याग्दी, १४ चैत । म्याग्दी जेसीजले विभिन्न सामाजिक र जनचेनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । म्याग्दी जेसीजको दोस्रो सञ्चालक समितिको बैठकले प्राभावकारी भाषण कला तालिम, ट्राफिक जनचेतना कार्यक्रम ,म्याग्दी बहुमुखी क्याम्पसमा निःशुल्क आँखा जाँच कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको म्याग्दी जेसीजका महासचिव सज्जन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा म्यादी जेसीजको बर्ष २०२४ का सञ्चालक समितिका प्रमुख सल्लाहकार तथा नेपाल जेसिजका नोम इडिटरसन्दिप खत्री र निवर्तमान अध्यक्ष सुमन बानियाँको विशेष उपस्थिति रहेको थियो भने कार्यकारिणि उपाध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।
बैठकले यहि चैत १७ गते नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठको प्रमुख प्रशिक्षणमा सम्पन्न गर्नका लागि तालिम संयोजक धनमायाँ श्रेष्ठको संयोजकत्वमा तयारी समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरि म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस आँखा जाँच कार्यक्रम नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राबिधिक सहयोगमा चैत्र २५ गते आईतवार आयोजना गर्न साधारण सदस्य सूर्य गौतमको संयोजकत्वमा तयारी गर्ने र ट्राफिक जनचेतना कार्यक्रम म्याग्दी जेसीजका साधारण सदस्य कपिल बानियाँको संयोजकत्व आयोजना गर्ने तथा र नव बर्ष को शुभकामना आदान प्रदान कार्यक्रम साधारण सदस्य आशिक भण्डारीको संयोजकत्वमा आयोजना गर्ने निर्णय भएको शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।