प्रनाउ कुँवरको कार्यकाल अपराध नियन्त्रण, फैसला कार्यान्वयन र दुव्र्यसनी न्युनीकरणमा केन्द्रित

  • १३ चैत्र २०८०, मंगलवार
  • 301 पटक पढिएको

बेनी, १३ चैत । म्याग्दीबाट काठमाडौको रानी पोखरीमा सुरुवा हुनुभएका प्रहरी नायव उपरीक्षक मदन कुुँवरले आफ्नो नेतृत्वमा गरेका र भएका प्रमुख गतिबिधिहरु मंगलबार सार्वजनिक गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करिब एक वर्ष नेतृत्व गर्नुभएका कुँवरले आपराधिक गतिबिधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने, लागु औषध नियन्त्रण, अदालतको फैसला कार्यान्वयन र सामाजिक सचेतना वृद्धिमा केन्द्रित भएको विवरण सार्वजनिक गर्नुभएको हो । काठमाडौबाट सरुवा हुनुभएका प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठ म्याग्दीमा प्रहरीको नेतृत्व सम्हाल्न आउदै हुनुुहुन्छ ।

बेनी बजारमा गत माघमा भएको बेगका शुुशिल गर्बुजाको हत्याका धेरै जसो आरोपीहरुलाई कानुनी दायरामा ल्याउन र अनुसन्धान कार्यलाई छिटो अघि बढाउन सफल भएको छ ।

बिममा नानिती र बज्यैको हत्यामा संलग्नलाई समुदायको सहयोगमा तत्कालै नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको छ । कालीगण्डकी नदीमा नाटकीय हिसाबले गाडी फालेर भागेका चालकलाई पक्राउ गर्न र मुद्दा चलाउन सफल भएको छ ।

करिब १४ महिनाको अवधिमा अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेका ७४ जनालाई पक्राउ गरी १२८ वर्ष २ महिना २९ दिन कैद र रु. १ करोड १२ लाख २९ हजार ९८९ जरिवाना असुल उपर गरेको छ । अदालतको फैसला कार्यान्वयनमा जिल्लामै पहिलो पटक ठूलो रकम बराबरको जरिवाना र कैद असुल उपर गर्न सफल भएको प्रनाउ कुँवरले बताउनुभयो ।

ज्यान सम्बन्धी कसुुर मुद्दामा २० वर्ष कैद ठकर भई फरार रहेका प्रतिवादीहरु मध्य लक्षिना बुढाथोकी भन्ने लक्ष्मीप्रसाद बुढाथोकी र गंगाबहादुर सारकी भनिने गंगबहादुर सार्कीलाई पोखराबाट पक्राउ गरिएको थियो ।

बैकिङ कसुरका ९ वटा मुद्दाहरुमा रु. ४६ लाख १७ हजार १०० जरिवाना भुक्तान गर्न बाँकी भई फरार रहेका मंगला ४ का गंगाबहादुर रोका र बैकिङ मुद्दामै रु. २५ लाख जरिवाना र २ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका मालिका ७ बिमका यामबहादुर रोकालाई काठमाडौबाट पक्राउ गरिएको थियो ।

प्रनाउ कुँवरको कार्यकालमा म्याग्दीमा १० वर्ष यताकै ठुलो लागूऔषध चरेश बरामद भएको छ । लागु औषध सम्बन्धी ९ वटा मुुद्दामा १७ जनालाई पक्राउ गरिएको छ । ६.५ ग्राम खैरो हिरोईन, ३२४ एम्पुल डाईजेपाम, २३५ एम्पुल फेनारागन र २३४ एम्पुल नुर्फिन, ६ केजी १५८ ग्राम गाँजा, ४ केजी ४६ ग्राम चरेश बरामद भएको छ ।

१५ जना लागुऔषध सेवन कर्तालाई अभिभावकसँग समन्वय गरि सुधार केन्द्रमा पठाइएको र जिल्लामै पहिलो पटक खैरो हिरोइन सहित विदेशी नागरिक पक्राउ गरिएको छ । सो अवधिमा दर्ता भएका १२५ वटा मुद्दा दर्ता भएका थिए । ९० जना प्रतिवादी पक्राउ परेका र २४ जना फरार रहेका छन् । हरायका तथा फेला परेका मोवाइलहरु खोजतलासको लागि एमडिएमएस प्रणाली मार्फत २५ वटा मोवाइलहरु फेला पारी सम्बन्धित मोवाईल धनीलाई बुुझाइएको छ ।

जिल्ला भर १८ युुनिटको ७६ वटा रुट निर्माण गरि मासिक रुपमा १११ वटा गस्ति परिचालन गरिएको छ । एक हजार ४०० वटा गस्तिमा ३ हजार २२९ जनशक्ति परिचालन गरिएको छ । समुदायमा प्रहरी कार्यक्रम अन्तरगत टोल टोलमा पुगेर सचेतना फैलाउने काम प्रभावकारी बनेको छ ।

प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि तीन किसिमको भिजिटिङ कार्डको व्यवस्था गरेर सेवा प्रवाहमा प्राथमिकता दिइएको छ । अल्पसंख्यकलाई रातो, वुद्धबृद्धा र अपाङगता भएका व्यक्तिलाई पहेलो र महिला तथा बालबालिकालाई सेतो कार्डको व्यवस्था गरिएको छ । पछाडी परेका सेवाग्राहीहरुलाई प्रहरीको सेवामा पहुँच बढाउन सहयोग पुगेको छ ।

एक हजार ९१५ वटा समुदाय लक्षित कार्यक्रम मार्फत ५५ हजार ८८०, १६१ वटा विद्यालय लक्षित कार्यक्रमबाट १७ हजार २२५ जना, ५ वटा नागरिक सुनुुवाई कार्यक्रममा २९०, ५ वटा अल्पसंख्यकसंग प्रहरी कार्यक्रमबाट १३३ जना लाभान्वित भएका छन् । १९ ठाउँमा ७०२ वटा गाँजाका बोट फडानी गरिएको छ ।

६ वटा हातहतियार तथा खरखजना मुद्दामा ५ जना पक्राउ र ६ थान एक नाले भरुवा बन्दुक, १ थान १२ बोर कार्तुस बरामद भएको छ । आपराधिक विश्वासघात, आवश्यक बस्तु संरक्षण ऐन अन्र्तगत, सहकारी ऐन र सार्वजनिक हित स्वास्थ्य सुरक्षा नैतिकता बिरुद्धको कसुर (साईवर सम्बन्धी) प्रकृतिका मुद्दा शिर्षकहरुमा पहिलो पटक मुद्दा दर्ता भएको छ ।

प्रविधियुक्त अनुसन्धान र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न विभिन्न निकायहरुसँग आवश्यक समन्वय गरि बेनीको गणेशटोलमा २, कारागार कार्यालयमा २ र गलेश्वरमा ६ वटा सिसिटिभी जडान भएको छ । हाल सम्म म्याग्दीका सार्वजनिक स्थलमा ७७ वटा सिसिटिभी जडान गरिएको छ ।