बेगका एक युवाको बगरखोलामा डुबेर मृत्यु

  • १२ चैत्र २०८०, सोमबार
  • 3081 पटक पढिएको

म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार एक युवाको मृत्यु भएको छ । चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१ बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो ।
पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा पुर्जा खोलामा डुबेका थिए । खोलामा डुबेका पुर्जालाई उनका साथिहरुले उद्धार गरेर बेनी अस्पतालमा उपचारको लागि ल्याइएकोमा उनलाई चिकित्सकहरुले मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो ।

मृतकको शव बेनी अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुशन्धान थालेको जनाइएको छ । पुर्जा सहित उनका साथिहरु चिमखोलामा जारी भूमेपुजा मेलामा सहभागी हुन चिमखोला पुगेका थिए ।