विशेष

हुलाकेमा बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक अबरुद्ध, स्कार्पियो बगाएर खोल्सामा

बेनी–बागलुङ सडक पूर्ण रुपमा बन्द भएको छ । गयराती परेको अबिरला बर्षाको कारण म्याग्दीको बेनी नगरपालिका– १ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो । https://youtu.be/IAJeJdbzDs0   बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पु¥याएको छ । बाढीले सडक अबरुद्ध भएपछि... पुरा पढ्नुहोस

राष्ट्रिय लोक तथा दाेहोरी गीत प्रतिष्ठान म्याग्दीको २० औँ साधारणसभाः कलाकार र पत्रकारलाई सम्मान

  लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक... पुरा पढ्नुहोस

मीना परियार हत्या प्रकरण : ‘न्यायका लागि हारगुहार’

कमल खत्री/सन्तोष गौतम म्याग्दी, ८ भदौ : म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । २०८० पुष १६ गते राती घरवाटै वेपत्ता कान्छी छोरी मीना जिउदो नभएको निष्कर्ष निकालेका परियार दम्पत्ती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जंगलमा गत साउन २७... पुरा पढ्नुहोस

बेनीमा तेस्रो महिला फुटबल प्रतियोगिता सुरु

न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ ।   प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने... पुरा पढ्नुहोस

म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर

म्याग्दी , ७ भदौ । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । बेशीँदेखि हिमाली क्षेत्रसम्मको भूगोलमा फैलिएको यस जिल्लामा हिउँदे र बर्खे गरी दुई सिजनमा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलु खेतीको विस्तार र व्यावसायिकता बढेसंगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारी खेतीको रुपमा... पुरा पढ्नुहोस

हिमपहिरो थुनिएको बोक्सी खोलाको सहायक खोलाको पानी बग्न थाल्यो

म्याग्दी, ७ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलाको बिचबाट खसेको हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ । शुक्रवार दिउँसो करिब साढे १ बजे ठूलो आवाज सहित हिमपहिरो खसेपछि मुस्ताङको बोक्सी खोलाको सहायक खोला थुनिएको थियो । हिमालबाट खसेको हिमपहिरो बुकीको चौर र हिमालको फेदीबाट... पुरा पढ्नुहोस

मुस्ताङको बोक्सी खोलामा हिम पहिरो खस्यो

मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सी खोलामा हिमपहिरो खसेको छ।  कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो।  हिमपहिरोले पुरिएर बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द... पुरा पढ्नुहोस

लोभलाग्दो रुइसेको सुन्दरता

६ भदौ, म्याग्दी। रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान।घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।  समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री

बेनी, ५ भदौ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको सिरूबारी पहिरोमा खसेको ढुंगाले बसमा लाग्दा दुईजना घाईते

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस