विशेष

रेडक्रस भगवती उपशाखाको अध्यक्षमा केसी

  म्याग्दी, २७ चैत । नेपाल रेडक्रस सोसाइटी राखु भगवती उपशाखाको सभापतिमा एकेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ। रघुगंगा गाउँपालिका– २ राखु भगवती उपशाखाको कार्यालयमा सोमबार भएको १२ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले पुन केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। अधिवेशनले उपशाखाको उपसभापतिमा गीता बरुवाल, सचिवमा सुरेश थापा,... पुरा पढ्नुहोस

अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी

  बेनी, २७ चैत । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, उपाध्यक्षमा जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा... पुरा पढ्नुहोस

रेडक्रस भकिम्ली उपशाखाको सभापतिमा घर्ती चयन

धु्रवसागर शर्मा म्याग्दी २७ चैत ‘म सेवा गर्छु’ भन्ने स्लोगनको व्यानर सहित नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले उपसभापतिमा जमुना रोका,सचिवमा भोजबहादुर जिसी,कोषाध्यक्षमा पूर्णिमा जिसी,उपसचिवमा... पुरा पढ्नुहोस

कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जनभेटघाट

  बेनी, २७ चैत । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई... पुरा पढ्नुहोस

राखुका तीन विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर उर्तिण हुने विद्यार्थीहरुलाई पुरस्कारको घोषणा गरिएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाण्डौ बसोबास गर्दै आउनुभएका कमल शाहीले यस बर्षको एसइईमा ए प्लस... पुरा पढ्नुहोस

म्याग्दीका सामुदायिक विद्यालयमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने

बेनी, २६ चैत : हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी... पुरा पढ्नुहोस

कृषकलाई माछाका भुरा वितरण

  म्याग्दी, २६ चैत । म्याग्दीमा ब्यवसायिक कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाले कृषकको माग अनुसार माछा भुरा वितरण गरेको हो । विज्ञ केन्द्र र बेनी नगरपालिका १३/ १३ हजार र धवलागिरी गाउँपालिकाले ७ हजार माछा... पुरा पढ्नुहोस

पाखापानीमा पशु स्वास्थ्य शिविर

  म्याग्दी, २६ चैत । रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो । ४२... पुरा पढ्नुहोस

म्याग्दीमा प्राथमिक तहमा १०० शिक्षक स्थायी नियुक्त

म्याग्दी २५ चैत । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई... पुरा पढ्नुहोस

नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

  म्याग्दी, २५ चैत । नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस्यहरुमा प्रेम... पुरा पढ्नुहोस