म्याग्दी समाचार

रघुघाटमा आमा समूहद्धारा सामुदायीक भवन निर्माण (फोटो फिचर)

गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालीका ३ रघुघाटमा आमा समूहले सामुदायीक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायीक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायीक भवन बनाएका... पुरा पढ्नुहोस

होराइजन कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बिजयी

पर्वत बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी आमावि र बुद्ध एकेडेमीले निर्धारित समयमा... पुरा पढ्नुहोस

बामगठबन्धनले प्रदेशमा कसरी गर्दैछ शक्ति बाँडफाँड ?

काठमाडौं-बाम गठबन्धनका दुई घटक एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् ।  यसका लागि उनीहरुले कार्यदल बनाएर काम गरिरहेका छन् ।  आइतवारसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । कार्यदलले बेला बेलामा शीर्ष नेताहरुसँग परामर्श लिएर प्रदेशको शक्ति बाँडफाँडको रोडम्याप बनाईरहेको छ... पुरा पढ्नुहोस

स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौति बिषयक अन्र्तक्रिया

म्याग्दी १२ माघ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन एवम् स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दीमा स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो... पुरा पढ्नुहोस

भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार

म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा... पुरा पढ्नुहोस

‘धौलागिरि गाउँपालिका केन्द्रिय विद्यूतको पहुँच बाहिर’

म्याग्दी, ११ माघ । धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोली साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम सुरु भएसंगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले प्रयाप्त शक्ति संचय गर्न छाडेपछि बत्तीको अभाबले पुनले साँझमा घरमा गर्ने गृहकार्य र अध्ययन... पुरा पढ्नुहोस

अभिभावकको निगरानीमा रहेका विद्यार्थी शैक्षिक र अतिरिक्त गतिविधिमा अब्बल

म्याग्दी, ११ माघ । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धिमा सघाएको सरोकारावाला निकायले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा सञ्चालित परियोजना अनुगमनको क्रममा विद्यार्थीको सिकाई उपलब्धमा निकै सुधार आएको बताएका थिए । सरकारले उपलब्ध गराएका पाठ्यक्रममा... पुरा पढ्नुहोस

सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनीक

बेनी ११ माघ । गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनीक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको... पुरा पढ्नुहोस

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा... पुरा पढ्नुहोस

कालिगण्डकीमा बग्दाको पल (फोटो सहित)

सन्दीप खत्री माघ महिनाको चिसो मौसम । त्यसमा पनि कालिगण्डकीको चिसो पानीलाई चुनौति दिँदै कालिगण्डकीमा बग्नु (¥याफटीङ) पक्कै सहज होइन । तर पनि यही चिसो मौसम र कालिगण्डकीका चिसो पानीमा ¥याफ्टीङ गर्नुको मज्जा भने बेग्लै छ । आज भन्दा लगभग १०÷१२ वर्ष पहिले संयोगले गाउँबाट गलेश्वर आउँदा गोरेहरुले –विदेशी पर्यटक)... पुरा पढ्नुहोस