म्याग्दी समाचार

विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना

म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका... पुरा पढ्नुहोस

दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन

म्याग्दी, ८ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीका बिमल विश्वकर्मा एक सातादेखि सम्पर्क विहिन भएका छन् । घरबाट धादिङ आफ्नो दिदीको घरमा जान प्रस्थान गरेका विश्वकर्मा दाधिङ दिदीको घरमा नपुगेको र घरपरवारको सम्पर्कमा समेत नआएपछि घरपरिवार चिन्तीत बनेका छन् । २५ बषिय विश्वकर्मालाई खोजी गरिदिनको लागि घरपरिवारले आग्रह समेत गरेका... पुरा पढ्नुहोस

मृगौला पिडित धन बहादुरलाई हङकङ बाट ४० हजार आर्थिक सहयोग

म्याग्दी , ७ चैत्र । गत फाल्गुन २७ गते भक्तपुर मानब अङ्ग प्रत्यारोपण केन्द्रमा आफ्नी ६९ वर्षीय आमाको एउटा मृगौला प्रत्यारोपण गराई पुन:जिबन प्राप्त गरेका धवलागिरी गाउपालिका- ५ साबिक मल्कबाङ्ग -१ भेडीखाल्टाका ३२ वर्षीय धन बहादुर बुढाथोकीलाई मोना अन्तराष्ट्रिया महिला संयोजक पुर्णिमा पाइजाको संयोजकत्वमा हङकङमा संकलित ४० हजार रुपैया सहयोग... पुरा पढ्नुहोस

साँसद र स्थानीयको पहलमा इपिएस परिक्षाको शुल्क बुझाउन रातभर जाग्राम बस्न नपर्ने ! ( फोटो कथा)

म्याग्दी, ७ चैत । कोरियाली भाषा परिक्षा (इपिएस)को आवेदन फाराम शुल्क बुझाउनको लागि बुधवार साँझदेखि बेनी लाईनमा बसेका सर्वसाधारणलाई रातभर जाग्राम बस्न नपर्ने गरि व्यवस्थापन गरिएको छ । विहिवारदेखि सुरु हुने फाराम शुल्क बुझाउनको लागि आज साँझदेखि नै बेनीको न्युरोड स्थित ग्लोबल आईएमई बैँक परिसरमा सयौँको संख्यामा युवायुवतीहरुको भिड लागेको... पुरा पढ्नुहोस

ट्रेड युनियनको चौथो अधिवेशनको तयारी तीब्र

लोकतान्त्रिक पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीको चौथो अविधेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र १० बेनीमा हुने अविधेशनको प्रतिवेदन लेखन, प्रचारप्रसार र आन्तरिक तयारी अन्तिम चरणमा पुगेको हो । अधिवेशनलाई सफल बनाउन ट्रेड युनियन काँग्रेसका सभापति दुर्गाराम सुवेदीका संयोजकत्वमा योजना, अनुगमन तथा अनुशासन समिति, सचिब कोमल... पुरा पढ्नुहोस

धौलागिरिमै पहिलो पटक रघुगंगा गाउँपालिका भित्रका सहकारी स्थानीय तहलाई हस्तान्तरण

म्याग्दी, ६ चैत । धौलागिरिमै पहिलो पटक डिभिजन सहकारी कार्यालय बागलुङले म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका सहकारीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । संघीयताको कार्यान्वयनसंग सहकारी संस्था दर्ता, नियमन र प्रर्वद्धनको अधिकार स्थानीय तहमा रहे अनुसार सम्बन्धित स्थानीय तहभित्र रहेका सहकारीहरुको तथ्याङ्क, अभिलेख र कागजपत्र हस्तान्तरण सुरु गरिएको हो । [caption... पुरा पढ्नुहोस

लमसुङ माविमा कक्षा कोठा भवन निर्माण

म्याग्दी ७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा रहेको लमसुङ मावीमा करिब छब्बिस लाख रुपैयाको लागतमा कक्षा कोठा भवन निर्माण भएको छ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना मार्फत २५ लाख ७६ हजार ५४० रुपैयाको लागतमा दुई कोठे भवन निर्माण भएको हो ।... पुरा पढ्नुहोस

भारतीय दुताबासले उपलब्ध गराएको एम्बुलेन्सको सेवा सुरु

म्याग्दी, ७ चैत । नेपाल रेडक्रस सोसाईटीले नयाँ एम्बुलेन्स मार्फत सेवा सुचारु गरेको छ , हालै भाररतीय दुतावासले रेडक्रस म्याग्दी शाखालाई उपलब्ध गराएको एम्बुलेन्सको बुधबारदेखि सेवा सुभारम्भ गरिएको हो । बेनी स्थित रेडक्रसको कार्यालय परिसरमा औपचारीक कार्यक्रम र धार्मीक बिधी अनुसार पुजापाठ गरेर एम्बुलेन्सको सेवा सुरु गरिएको रेडक्रस म्याग्दी शाखाका... पुरा पढ्नुहोस

मुस्ताङमा एस.ई.ई.परिक्षा तयारी पूरा ‘नियमिततर्फ १ सय ४२ र खुल्लातर्फ ३ प्रशिक्षार्थी’

मुस्ताङ चैत्र ७ । माध्यमिक शिक्षा परिक्षा(एस.ई.ई.) २०७४ अन्तर्गत हिमालपारीको जिल्ला मुस्ताङमा नियमिततर्फ १ सय ४२ र खुलातर्फ ३ जना प्रशिक्षार्थी परिक्षामा सामेल हुने भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार परिक्षालाई शान्तिपूर्ण र मर्यादित तवरले संञ्चालन गर्न परिक्षाका संम्पूर्ण तैयारी पुरा भएको जनाईएको छ । यसवर्ष नियमिततर्फ जिल्लाका कुल... पुरा पढ्नुहोस

पुग्नैपर्ने ठाउँ ‘मनमोहक टिकोट गाउँ’ (फोटो कथा)

म्याग्दी ७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ मा रहेको पर्यटकीय टिकोट गाउँ । पर्वत र म्याग्दीका पर्यटकीय स्थलहरुलाई समेटीएको अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटीएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क तवरले परम्परागत ढुंगेघरहरु मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमशृङ्खलाले यहाँ पुग्ने पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।... पुरा पढ्नुहोस