म्याग्दीबाट मेयर कप तेकवाण्डो प्रतियोगितामा सहभागि खेलाडिलाई विदाई

  • १४ चैत्र २०७४, बुधबार
  • धिरन खत्री
  • 2585 पटक पढिएको


म्याग्दी,१४ चैत । संकटा काठमाण्डौ महानगरपालिका आयोजनामा मेयर कप राष्ट्रिय आमन्त्रण तेकवाण्डो प्रतियोगितामा म्याग्दीबाट सहभागि खेलाडिलाई बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा १६ र १७ गते काठमाण्डौ हुने तेकवाण्डो प्रतियोगितामा सहभागि खेलाडिलाई विदाई गरिएको हो । सो प्रतियोगितामा म्याग्दीबाट राजकुमार परियार, सुरेन्द्र बर्देवा, रस्मी श्रेष्ठ, सविना उचैमगरले सहभागिता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, तेकवाण्डो प्रशिक्षक कर्ण प्रधान, कार्यालय सचिव दानबहादुर राईले सहभागि खेलाडीलाई विजयको शुभकामना दिदै विदाई गरेका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माले जिल्ला बाहिर वा अन्तराष्ट्रिय खेलमा म्याग्दीबाट सहभागि खेलाडिले जिल्लालाई पदक दिलाएर आएको हुदाँ यसपटकपनि आफ्नो कुशल प्रतिभा देखाएर जिल्ला पदक दिलाउन खेलाडिलाई शुभकामना दिएका थिए । विदाई कार्यक्रममा सहभागि खेलाडिले जिल्लालाई पदक दिलाउने प्रतिवद्धता जनाएका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l