म्याग्दीकाे राम्चेमा सामूहिक चौँरीपालन
- १३ बैशाख २०७५, बिहीबार
- 2778 पटक पढिएको
समूहको कोषमा रहेको रु चार लाख २० हजार लगानीमा कास्कीको घान्द्रुकबाट विसं २०७० मा १२ वटा चौँरी ल्याएर पाल्न थालिएको थियो । हाल चौँरीको संख्या बढेर ३२ वटा पुगेको छ । आठ वटा याक छन् । बाह्र वटा चौँरी ब्याउने छन् । चौँरीको संख्या वृद्धि गरी ८० वटासम्म पु¥याएपछि चिज उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष पुर्जाले जानकारी दिए । राम्चेका वडासदस्य यामबहादुर पुनले सञ्चालन गरेका चिज उद्योगमा हाल जर्सी गाईको दूधबाट चिज उत्पादन हुने गरेको छ ।
पर्यटकीयस्थल र अन्तर्राष्ट्रिय बजारमा चौँरी गाईको दूधबाट बनेको चिजको राम्रो खपत हुने गरेको छ । चिजका साथै याकको मासुसमेत बजारमा माग अत्यधिक छ । हाल एकजना कर्मचारी राखेर चौँरीको रेखदेख गरिँदै आएको छ ।राम्चेको कालीदह, तिनपोखरे, मोहरेडाँडा, ढुङ्गाडाँडाको जंगल क्षेत्रमा चौँरीलाई चरिचरन गराइँदै आएको छ । चौँरीको गोठ सुधार, खोपलगायत प्राविधिक सेवाका लागि गाउँपालिका, वडा कार्यालय र पशु सेवा शाखाले सहयोग गरेका छन् ।
गत वर्ष तत्कालीन पशु सेवा कार्यालयले चौँरीको गोठ सुधारका लागि रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस वर्ष वडाको प्रस्तावमा गाउँपालिकाले रु दुई लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।